News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • शेयर गर्नुहोस् आज कात्तिक १९ गते बुधवारको राशिफल

    हिमालीसंचार संवाददाता
    ३५४ पटक

    वि.सं.२०७७ साल कात्तिक १९ गते बुधवार || सन् २०२० नोभेम्बर ४ तारिख || नेपाल संवत ११४०

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ। सहयोगीहरू पछि हट्न सक्छन्। रोकिएका काममा दाेहाेर्याएर प्रयत्न गर्नुपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    सोख र हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहाेला। दिउँसोदेखि केही समस्या पनि देखा पर्नेछन्। विवादास्पद जिम्मेवारी आउनेछ भने खर्च बढ्ने सम्भावना छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    खर्चिलाे कामले अर्थ अभाव हुन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। आफ्नो प्रतिफलमाथि अरूले दाबी गर्न सक्छन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राकाे प्रक्रिया अघि बढ्नेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि सामान्य लाभ मिल्नेछ। तर, उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। सञ्चित रकम खर्च हुनेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। पराेपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि व्यवसायतर्फ केही अलमल हुनेछ। आफ्नैले काममा बाधा पुर्याउनेछन्। विशेष याेजना सार्वजनिक नगर्नुहाेला। तत्काल फाइदा नहुने जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    परिवेश रमाइलाे देखिए पनि चिन्ताले मन पिराेलिनेछ। मनोरञ्जनमा अलमलिँदा काम रोकिन सक्छ। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। प्रयत्न गर्दा बिस्तारै काम बन्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समय लागे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहाेला। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। दिउँसोदेखि अस्वस्थताले काम राेकिन सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्, बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा भने गुरुजनको मार्गदर्शन उपयोगी हुने देखिन्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। (नेपालीपात्रो)

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    प्रतिकृया दिनुहोस्

    बुढीगण्डकी आयोजनाको ढिलाइप्रति नेकपाको असन्तोष, समान मुआब्जाको माग गर्दै ज्ञापनपत्र बुझायो

    गोरखा, जेठ ४ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयनमा भइरहेको...

    पुरुषोत्तम त्रिपाठीको नयाँ स्वदेश गीत सार्वजनिक

    काठमाडौं, जेठ ४ – नेपाली आधुनिक संगीत विधामा आफ्नो पृथक पहिचान बनाउन सफल सर्जक, संगीतकार...

    निचामारी विद्यालयका कक्षा ६ मा पढ्ने सबै विद्यार्थीहरूलाई अन्यत्र पठाइयो

    मोरङ, जेठ ४ – रंगेली–७ स्थित निचामारी आधारभूत विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका २५ जना...

    सरकार सरकारजस्तो देखिएको छैन : सांसद सञ्जय गौतम

    काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको हालको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त...

    दुःखद घटना : स्कुल जान लागेका दिदी–भाइको ज्यान बाबुले लिए, चितवनमा पारिवारिक शोकको छाया

    चितवन, जेठ ४ -भरतपुरमा शुक्रबार बिहान भएको एक हृदयविदारक घटनाले सम्पूर्ण समुदाय स्तब्ध बनेको छ।...