News Portal

  • धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत

    हिमालीसंचार संवाददाता
    ४२७ पटक

    धरान – धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

    गत शनिवार इलाका प्रहरी कार्यालय धरानमा छोरी हराएको भन्दै आमाले जानकारी दिएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर राजन ओलीले जानकारी दिए ।

    धरान-१९ को राँगा चोकमा नयाँ बनेको पक्की घर निमार्णकालागि झुम्काबाट धरान आएका चौधरी थरका बालकले बालिकालाई बलात्कार गरेको किटान जाहेरी धरानमा परेको थियो ।

    जाहेरीका आधारमा आइतबार १५ वर्षीय बालक पक्राउ परेका थिए । अनुसन्धानको क्रममा पीडितले दिएको नाम अनुसार थप २ जना युवा पनि पक्राउ परेका छन्।

    बाल सुधार केन्द्र नभएकाले प्रहरी हिरासत नराखी अलग्गै कोठामा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।बलात्कार घटना सार्वजनिक भएपछि परिवारमै आर्थिक रूपमा मिलाउने प्रयास समेत भएको बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कांग्रेसमा विशेष महाधिवेशनको दबाब बढ्दै, लुम्बिनीका नेताहरू राष्ट्रपति भेट्न शीतलनिवासमा

    काठमाडौं, मंसिर ८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। यही प्रसंगमा लुम्बिनी प्रदेशका...

    नवलपरासीकी सपना परियारलाई २४ घण्टामै उद्धार, युवाशक्ति कुवेतको सहयोगमा नेपाल फिर्ता

    कुवेत -नवलपरासी घर भएकी सपना परियार विगत ९ महिनादेखि कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। नेपालमा...

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...