News Portal

सामाजिक अभियन्ता पूर्वगोर्खा इस्बोको कोरोनाका कारण निधन

हिमालीसंचार संवाददाता
४१५ पटक

धरान – ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूको हकअधिकार र समानताका लागि सक्रिय ६३ वर्षीय गजेन्द्र इस्बोको मंगलबार बिहान कोरोनाका कारण निधन भएको छ ।

तीन वर्षदेखि छालाको क्यान्सरसँग जुधिरहेका इस्बोको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । लामो समयदेखि मधुमेहका दीर्घरोगी उनलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो ।

उनी धरानका विभिन्न संघसंस्थाका सक्रिय नेतृत्वकर्ता थिए । करिब तीन दशकअघि ब्रुनाईमा भएको गोर्खा आन्दोलनमा नेतृत्व गर्दा उनीसहित ११ जनालाई जागिरबाट हटाइएको थियो, त्यसबेला उनी जुत्ताचप्पलबिना खाली खुट्टा नेपाल आइपुगेका थिए । पूर्वगोर्खा भएर पनि उनी हङकङ र बेलायत नगई धरानमै बसेर विकास निर्माणमा जुटेका थिए ।

पूर्व गोर्खाको सन्तानका लागि वित्तीय वृद्धि गर्न गोर्खा सहकारी संस्था, गोर्खा सपिङ कम्प्लेक्स, भूपू गोर्खा एकता समाज, गोर्खा स्मृति पार्क निर्माणको नेतृत्व उनले लिएका थिए । उनी पूर्वगोर्खाको अधिकारका लागि सत्याग्रह आन्दोलनका नेपाल अध्यक्षसमेत थिए । इस्बो पछिल्लो समय जनता समाजवादी पार्टीका सल्लाहकार र लिम्बुवान राष्ट्रिय प्रदेश समितिको उपाध्यक्ष रहेका थिए । रासस 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...