News Portal

उच्च अदालत पाटनको अन्तरिम आदेश- भिटेनलाई पक्राउ नगर्नू

हिमालीसंचार संवाददाता
४२९ पटक

काठमाण्डौ – उच्च अदालत पाटनले र्‍याप गायक भिटेन भनेर चिनिने समिर घिसिङलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आदेश गरेको हो। 

प्रहरीले आफूलाई पक्रिन लागेको भन्दै त्यसलाई अन्तरिम आदेशले रोक्न माग गर्दै भिटेन उच्च अदालत पाटन पुगेका थिए। उनको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रहरीका नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो। 

‘फौजदारी अनुसन्धान तहकीकातको प्रयोजनका लागि प्रचलित कानुन बमोजिमको प्रकृया पूरा गरी पक्राउ गर्नेबाहेक हाल अस्तित्वमा नै नरहेको उक्त गीतसंगीतको विषयलाई लिएर निवेदनको अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नू,’ उच्च अदालतको आदेश उद्धृत गर्दै प्रवक्ता रेग्मीले भने। 

उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई चिठी लेखेको थियो। भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका थिए। भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए। 

यसअघि पनि भिटेनलाई महानगरीय अपराध महाशाखाले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो। एक वर्षअघि र्‍यापका विषयमा उनी विवादमा परेका थिए। प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो। 

आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो। भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतको भनाइ थियो। 

‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो,’ कडायतले भनेका थिए। साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भएपछि अनुसन्धान थालेको थियो।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...