News Portal

  • मुगु लैजानुपर्ने अनुदानको चामल भक्तपुर पठाउने ढुवानीकर्ता शर्मा पक्राउ

    हिमालीसंचार संवाददाता
    ४१७ पटक

    सुर्खेत – कर्णालीको मुगु पठाउनुपर्ने चामल भक्तपुरतर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार शर्मालाई मंगलबार बिहान ११ बजे पक्राउ गरिएको हो।

    उनको स्वास्थ्य परीक्षणपछि म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा लगिने एसपी भट्टले जानकारी दिए। उनका अनुसार शर्मालाइ कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने गरी प्रक्रिया अघि बढाइएको छ।

    प्रहरीले चामल नियन्त्रणमा लिनेबित्तिकै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गएका थिएनन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार हुनुभन्दा प्रहरीमा गएर अनुसन्धानमा सहयोग गर्न सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतमार्फत शर्मालाई खबर पठाएका थिए। सोहीअनुसार प्रहरी कार्यालय पुगेका शर्मालाई प्रहरीले नियन्त्रणमा राखेको हो।

    सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आपूर्तिकर्ता शर्मा ढुवानी सेवाका सञ्चालक शर्माले २ सय ५० क्विन्टल चामल भक्तपुर पठाउने क्रममा बिहीबार प्रहरीले सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो। उनले उक्त चामल मुगुको कालैका लागि कम्पनीको गोदामबाट उठाएका थिए।

    शर्माले गोदामबाट १ हजार १ सय क्विन्टल चामल उठाएका थिए। कालै प्रहरी चौकीका असई नन्दबहादुर शाहीका अनुसार मंगलबार ६० क्विन्टल अरुवा मोटो चामल कालै पुगे पनि ढुवानीकर्ताका प्रतिनिधि नहुँदा वितरण भने गरिएको छैन। ‘दुईवटा ट्याक्टरमा चामल ल्याएर छोडिएको छ तर ठेकेदारका प्रतिनिधि नहुँदा वितरणको काम भएको छैन,’ उनले भने।

    सुर्खेतका एसपी भट्टका अनुसार शर्माको वीरेन्द्रनगरस्थित गोदाममा करिब २ सय बोरा (६० क्विन्टल) चामल रहेको छ। बाँकी (करिब ७ सय ३० क्विन्टल) चामल कहाँ बिक्री भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...