News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको विज्ञप्ति, सरकारको निर्णय अविलम्ब फिर्ता गर्न माँग

    हिमालीसंचार संवाददाता
    ३१७ पटक

    काठमाण्डौ – ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारको निर्देशन दिएपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको विज्ञप्तिले निकालेर विरोध गरेको छ।

    विज्ञप्तिमा भनिएको छ: “ओली सरकारले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र ‘हटाएको प्रति घोर आपत्ति ,बिरोध र भर्त्सना गर्दछौ र उक्त निर्णय खारेज गर्न माग गर्दछौ।”

    विज्ञप्तिमा थप: “प्रतिगमनको लागि आधारभूमि तयार गर्दै गरेको प्रतिगामी केपी ओली कम्युनिस्ट सरकारले कार्तिक १७ गतेको क्याबिनेट निर्णयबाट नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र ‘ वाक्यहरु हटाउने निर्णय गरेको प्रति यस संघीय लोकतान्त्रिक रास्ट्रिय मंच घोर आपत्ति, बिरोध र भर्त्सना गर्दछ । ०६२ /६३ को जनआन्दोलन २, जनयुद्ध र संघीय आन्दोलन ( मधेश, लिम्बुवान, थरुहट ) को बलमा स्थापना भएको गणतन्त्र र उक्त गणतन्त्रलाई ०७२ को संबिधानमा ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो ‘ भनेर प्रस्ट उल्लेख गरिएको छ ।

    खासगरी राजालाई जनक्रान्तिले गद्दीच्युत गरेपछि उक्त देशको नाम अगाडी गणतन्त्र (Republic) लेख्ने विश्वव्यापी मान्यता छ।  सन् १९४७ सालमा भारत स्वतन्त्रता संगै त्यहाँ राजतन्त्रको उन्मुलन गरिएकोले भारतलाई Republic of India भनिन्छ। त्यस्तै, सन् १९४९ सालमा चीनमा राजतन्त्रको चिहान खानिएकोले चीनको आधिकारिक नाम ‘ People’s Republic of China ‘ हो । रुसमा सन् १९१७ सालको जनक्रान्तिले त्यहाको राजाजारको टाउको काटेकोले त्यसबेला रुसको नाम USSR – Union of Soviet Socialist Republic राखिएको थियो । 

    जर्मनीमा सन १९१८ सालमा भएको क्रान्तिले त्यहाको राजा खेदेपछी आजसम्म जर्मनीको आधिकारिक नाम Federal Republic of Germany रहिआएको छ । यसरी नै सन् १९७९ सालमा इरानमा भएको इस्लामिक क्रान्तिले त्यहाको २७ सय बर्ष पुरानो राजतन्त्रको जरा उखेली दिएपछि इरानको आधिकारिक नाम ‘Islamic Republic of Iran’ रहदै आएको छ | अफगानिस्तानमा सन् १९७३ सालमा भएको बिद्रोहले त्यहाको राजालाई अपदस्थ गरेपछि अनेकै उतार चढाव पछी पनि हाल त्यहाको आधिकारिक नाम ‘ Islamic Republic of Afganistan’ रहेको छ। यसरी नै नेपाली जनताको महानक्रान्तिको बलमा ०६४ सालदेखि नेपाललाई Federal Democratic Republic of Nepal भनिएको हो । भनेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले लेखेका छन्। 

    यसरी जनक्रान्तिले राजालाई गद्दीच्युत गरेको हरेक देशहरुले आफ्नो नामको अघि Republic गणतन्त्र लेख्दै आएका छन् र नेपालले पनि त्यहि मान्यता अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्दै आएको छ। तर केपी ओली सरकारले हठात् रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने जुन निर्णय गरेको छ यो नेपाली जनक्रान्ति बिरुद्धमा, गणतन्त्र बिरुद्धमा छ र यो अति घातक र प्रतिगमनकारी निर्णय हो।

    यो निर्णय तुरुन्त खारेज गरियोस भनि जोडदार माग गर्दछौ। त्यसैले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गर्न सम्पूर्ण नेपाली जनता एक होउ । झुक्किएर केपी ओलीको पार्टीलाई भोट दिएका नेपाली जनताहरुले प्रायश्चित गरौ भनि सबैमा अनुरोध समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    उपन्यायाधिवक्ता कटुवालले लिँदैछन् रविको बयान

    काठमाडौं। काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी...

    सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा विद्रोही सेनाको आक्रमण

    एजेन्सी। सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण गरेको छ। पछिल्ला केही वर्षहरुमा राष्ट्रपति बसर...

    मंसिर १४ गते शुक्रबारको तपाईको आजको राशिफल

    आज मिति २०८१ साल मंसिर १४ गते शुक्रबार || सन् २०२४ नोभेम्बर २९ तारिख नेपाल...

    कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

    कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक...

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...