News Portal

रोल्पामा होटल व्यावसायीको हत्या, अभियुक्त पक्राउ

हिमालीसंचार संवाददाता
६४७ पटक

लिवांङ/उमा केसी – हत्यामा संलग्न तीन जना कलिला युवासहित एक जना अधबैंसे उमेरका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा १६ बर्षदेखि ५३ वर्ष उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। अभियुक्तहरुको नाम, ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन।

गत कार्तिक ११ गते रोल्पाको रुन्टीगढी गाउँपालिका-२ धौलाडाँडाका होटल व्यावसायी दलबहादुर पुनलाई हत्या गर्ने उनीहरु नै रहेको प्रारम्भिक अनुसंधानबाट खुलेको जिल्ला प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिएका छन्।

प्रहरीका अनुसार यो समूहले दशैं टिकाको भोलिपल्ट मृतकको होटलमा बसेर मादक पदार्थ सेवन गरी रकम तिर्न नसकेपछि सामान्य विवाद भएको थियो। विवाद बढेसंगै उनीहरु होटल संञ्चालक पुनलाई ढुंगा,मुक्का तथा काठको दाउराले टाउको र शरिरका विभिन्न भागमा हिर्काएर भागेका थिए।

होटल संञ्चालक पुनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीच बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...