News Portal

रोल्पामा होटल व्यावसायीको हत्या, अभियुक्त पक्राउ

हिमालीसंचार संवाददाता
६३० पटक

लिवांङ/उमा केसी – हत्यामा संलग्न तीन जना कलिला युवासहित एक जना अधबैंसे उमेरका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा १६ बर्षदेखि ५३ वर्ष उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। अभियुक्तहरुको नाम, ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन।

गत कार्तिक ११ गते रोल्पाको रुन्टीगढी गाउँपालिका-२ धौलाडाँडाका होटल व्यावसायी दलबहादुर पुनलाई हत्या गर्ने उनीहरु नै रहेको प्रारम्भिक अनुसंधानबाट खुलेको जिल्ला प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिएका छन्।

प्रहरीका अनुसार यो समूहले दशैं टिकाको भोलिपल्ट मृतकको होटलमा बसेर मादक पदार्थ सेवन गरी रकम तिर्न नसकेपछि सामान्य विवाद भएको थियो। विवाद बढेसंगै उनीहरु होटल संञ्चालक पुनलाई ढुंगा,मुक्का तथा काठको दाउराले टाउको र शरिरका विभिन्न भागमा हिर्काएर भागेका थिए।

होटल संञ्चालक पुनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीच बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...