News Portal

भारतीय सेनापतिको स्वागतमा भव्य तयारी

हिमालीसंचार संवाददाता
३४६ पटक

काठमाण्डौ – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाने नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न बुधबार काठमाडौं आउँदै छन् । नरवानेलाई शीतल निवासमा आयोजना गरिने विशेष कार्यक्रममा बिहीबार राष्ट्रपति तथा नेपाली सेनाको परमाधिपति विद्यादेवी भण्डारीले तरवारसहित उक्त दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणको क्रममा नरवानेले नेपाली सेनालाई बिशेष प्रकारको एम्बुलेन्स, कोभिड–१९ सँग सम्बन्धित सामाग्री र अन्य बहुपयोगी सामान हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ । हस्तान्तरण हुने सामाग्रीमध्ये अत्याधुनिक स्वास्थ्य उपचारको सुविधायुक्त दुईवटा मोबाइल एम्बुलेन्स काठमाडौं ल्याइ सकेको छ ।

नेपाल भ्रमणको सबै कार्यक्रम अति गोप्य राखिएको छ। परमाधिपतिको हातबाट मानार्थ सेनापतिको उपाधी दिइने हुँदा ट्राफिक प्रहरीको अगुवाइमा नेपाल प्रहरी,सशस्त्र र सेनाको कारकेड शीतल निवास जानेछ। अहिलेसम्मको तयारी हेर्दा भारतीय सेनाध्यक्ष र उनको टोलीलाई हात्तिसार, नागपोखरीस्थित मेरियट होटलमा राख्ने व्यवस्था मिलाइएको बुझिएको छ। 

उच्च सुरक्षा प्रबन्धको लागि नेपाली सेनासँगै नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूसमेत खटिएका छन् । जंगी अड्डामा देखिएका चार वटै सुरक्षा निकायका गाडीको ताँतीले पनि नरवानेको सुरक्षार्थ सुरक्षाकर्मीको परिचालन व्यवस्थापन दह्रो ढंगले गरिएको देखाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...