News Portal

अख्तियार प्रमुखको अरबौँ सम्पत्तिको चित्तबुझ्दो विवरण दिएका छैनन्

हिमालीसंचार संवाददाता
३०२ पटक

काठमाण्डौ – अकुत सम्पत्ति कमाएको आरोप लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्नेतको शुरुमा आफू र श्रीमतीको नाममा कुनै भौतिक सम्पत्ति नदेखिएतापनि सहसचिव हुँदादेखिकै खोतलिएको विवरणअनुसार २९ करोड रूपैयाँ बराबरको सम्पत्ति फेला परेको छ।  

अधिकांश गैरकानुनी सम्पत्ति मालपोत,भन्सार,राजश्व अनुसन्धान, भौतिक योजना मन्त्रालय र अख्तियारमा हुँदा अरुकै नाममा जोडेको देखिन आएको सम्पत्ति शुध्दिकरण अनुसन्धान विभाग श्रोतको दावी छ । खोज्दै जाँदा बस्नेतको पार्टी प्यालेसदेखि, पेट्रोल पम्प, तातो बाफले नुहाउने स्पा र हेल्थ क्लब समेत देखिएको बताइन्छ । उनीनिकट ब्यक्तिहरुलाई ल्याएर आकस्मिक कमाइको श्रोत माग्दा तिनले चित्तबुझ्दो जवाफ दिन सकेनन् !

नक्सालको प्रहरी हेडक्वार्टरदेखि पश्चिमपट्टी रहेको नक्साल ब्याङ्क्वेटमा दीप बस्नेतका छोरा कमलको लगानी पुष्टि भएको छ। उता, वैदेशिक रोजगार व्यवसायीतर्फसमेत उनको राम्रै लगानीको गुह्य भेटिएको बताइएको छ । उता घरजग्गा कारोबारमा पनि आफू निकटका इन्भेष्टमेण्ट समूहहरूसँग मिलेर लगानी गरेको भेटिएको हो। यी सबै कारोबारको हिसाब गर्दा थप एक अर्ब रूपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जोडेको देखिन आएको स्रोतले पुष्टि गरेको छ ।

उता, सोल्टी होटलमा रहेको ट्रयाङ्कियालिटी स्पाको लगानीकर्तामा पनि आवरणमा अरु नै देखिए पनि मुख्य लगानीकर्ता बस्नेतको छोरा रहेको बताइएको छ । अनुसन्धानबाट पत्ता लागेको सबै सम्पत्ति कुनै नाता नपर्ने व्यावसायिक व्यक्तिहरूसँग मिलेर गरिएको कारोबारबाट आर्जन गरेको देखिएको हो । सम्पत्ति छानबीनको प्रक्रिया अन्तिम चरणमा पुगेकाले विभागले छिट्टै बयानको लागि बस्नेतलाई बोलाउने सम्भावना छ ।

बस्नेतका छोरा नया गाडी फेरि फेरि चढ्ने मामिलामा निकै शौखिन रहेको देखिएकाले उनले गाडी खरिदको स्रोतसमेत देखाउनुपर्ने भएको छ । रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...