News Portal

अख्तियार प्रमुखको अरबौँ सम्पत्तिको चित्तबुझ्दो विवरण दिएका छैनन्

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाण्डौ – अकुत सम्पत्ति कमाएको आरोप लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्नेतको शुरुमा आफू र श्रीमतीको नाममा कुनै भौतिक सम्पत्ति नदेखिएतापनि सहसचिव हुँदादेखिकै खोतलिएको विवरणअनुसार २९ करोड रूपैयाँ बराबरको सम्पत्ति फेला परेको छ।  

अधिकांश गैरकानुनी सम्पत्ति मालपोत,भन्सार,राजश्व अनुसन्धान, भौतिक योजना मन्त्रालय र अख्तियारमा हुँदा अरुकै नाममा जोडेको देखिन आएको सम्पत्ति शुध्दिकरण अनुसन्धान विभाग श्रोतको दावी छ । खोज्दै जाँदा बस्नेतको पार्टी प्यालेसदेखि, पेट्रोल पम्प, तातो बाफले नुहाउने स्पा र हेल्थ क्लब समेत देखिएको बताइन्छ । उनीनिकट ब्यक्तिहरुलाई ल्याएर आकस्मिक कमाइको श्रोत माग्दा तिनले चित्तबुझ्दो जवाफ दिन सकेनन् !

नक्सालको प्रहरी हेडक्वार्टरदेखि पश्चिमपट्टी रहेको नक्साल ब्याङ्क्वेटमा दीप बस्नेतका छोरा कमलको लगानी पुष्टि भएको छ। उता, वैदेशिक रोजगार व्यवसायीतर्फसमेत उनको राम्रै लगानीको गुह्य भेटिएको बताइएको छ । उता घरजग्गा कारोबारमा पनि आफू निकटका इन्भेष्टमेण्ट समूहहरूसँग मिलेर लगानी गरेको भेटिएको हो। यी सबै कारोबारको हिसाब गर्दा थप एक अर्ब रूपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जोडेको देखिन आएको स्रोतले पुष्टि गरेको छ ।

उता, सोल्टी होटलमा रहेको ट्रयाङ्कियालिटी स्पाको लगानीकर्तामा पनि आवरणमा अरु नै देखिए पनि मुख्य लगानीकर्ता बस्नेतको छोरा रहेको बताइएको छ । अनुसन्धानबाट पत्ता लागेको सबै सम्पत्ति कुनै नाता नपर्ने व्यावसायिक व्यक्तिहरूसँग मिलेर गरिएको कारोबारबाट आर्जन गरेको देखिएको हो । सम्पत्ति छानबीनको प्रक्रिया अन्तिम चरणमा पुगेकाले विभागले छिट्टै बयानको लागि बस्नेतलाई बोलाउने सम्भावना छ ।

बस्नेतका छोरा नया गाडी फेरि फेरि चढ्ने मामिलामा निकै शौखिन रहेको देखिएकाले उनले गाडी खरिदको स्रोतसमेत देखाउनुपर्ने भएको छ । रासस

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...