News Portal

मुख्यमन्त्रीको अनुगमनपछि सडक मर्मत, चल्न थाले सवारी साधन

हिमालीसंचार संवाददाता
३३६ पटक

पोखरा – अविरल वर्षाले लमजुङ रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडकका ठाउँठाउँमा पहिरो गएको थियो । सबैभन्दा ठूलो पहिरो भन्ज्याङ भन्ने ठाउँमा गयो र सडक अवरुद्ध भएको थियो। गाडीहरु आउजाउ गर्न सकेनन् । आफ्नै ठाउँ र निर्वाचन क्षेत्रमा सडक अवरुद्ध भइरहेको खबरपछि  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अनुगमनमा निस्किए ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरुको टोलीसहित मुख्यमन्त्री गुरुङ उक्त सडकको अनुगमनमा निस्किए। मुख्यमन्त्रीको गाडी पनि जान सकेन । लठ्ठी टेक्दै वन, भिरपाखा पखेराको बाटो हिँडेर सडकका खण्डखण्डको अवस्था बुझे। सँगँसगै प्राविधिकहरु र सम्बन्धित जिल्ला कार्यालयलाई सडक तुरुन्तै मर्मतको निर्देशन दिए ।

मुख्यमन्त्रीको त्यही अनुगमन र निर्देशनको परिणाम रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडक मर्मत भयो। कात्तिक १७ गते सोमबारदेखि उक्त सडकमा गाडीको आवातजावत सुचारु भयो । जिल्ला पूर्वाधार कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार भन्ज्याङ खण्डमा पहिरो गएको ठाउँको सडक मर्मत पूरा भएको छ ।

पहिरो गएको ठाउँमा तारजालीसहितको ग्याबिन वालसमेत लगाई सडक मर्मत गरिएको जानकारी इन्जिनियर गिरीले दिए। उपभोक्ता समिति गठन गरी सडक मर्मत गरिएको हो । गण्डकी प्रदेश सरकारले सडक मर्मतका लागि बजेट उपलब्ध गराएको पनि इन्जिनियर गिरीले बताउनुभयो । जनसहभागितासहित २१ लाख रुपैयाँ खर्चेर उक्त सडक मर्मत भएको हो ।

सडक मर्मत भएपछि लमजुङको डढुवा, टक्सार, गिलुङ, मालिङ लगायत ठाउँ जानेआउनेहरुका लागि सजिलो भएको छ । प्रदेश सरकार जनताको नजिक छ, जनताका दुखपीर मर्का छिटो सुन्छ, देख्छ र समाधान पनि गर्छ भन्ने थुप्रै उदाहरण छन्, एउटा उदाहरण हो रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ, साल्मे, मालिङ जाने सडक मर्मत ।

प्रदेश सरकारले निर्माण गरिरहेको रामबजारदेखि गिलुङ हुँदै साल्मे, मालिङ जाने सडक स्तरोन्नति र कालोपत्रे भएको

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...