News Portal

जवरजस्ती करणी आरोपमा दुईजना पक्राउ

हिमालीसंचार संवाददाता
२५३ पटक

रौतहट– जबर्जस्ती करणीको आरोपमा रौतहट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ भने अर्का एकजना फरार छन् । अत्यधिक मदिरा सेवन गरी पैसाको प्रलोभनमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना र करणीको आरोपमा एकजना गरी दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले कटहरिया नगरपालिका–१ झौवा टोल बस्ने ४५ वर्षीय रामलाल राय यादवलाई पक्राउ गरेको हो । यादवले यहीं कार्तिक १४ गते राति झौवा र बडका बडेरवा टोलबीच एउटा गोठमा एक्लै रहेकी अपाङ्गता भएकी १४ वर्षीया  बालिकालाई पैसाको प्रलोभन देखाई जबरजस्ती करणी गर्न खोज्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी रवि रावलले जानकारी दिएका छन् । उनीसँगै रहेका अर्का आरोपित महन्थ यादव भने फरार भएको पीडित परिवारको भनाइ छ । डिएसपी रावलले भने अर्का आरोपितको संलग्नताबारे अनुसन्धान  भइरहेको जानकारी दिएका छन् ।

यस्तै जवरजस्ती करणीकै आरोपमा प्रहरीले जिल्लाको देवाही गोनाही नगरपालिका–१ करुनिया टोल निवासी १९ वर्षीय शेख बिगन भन्ने महमद तौफिकलाई पनि पक्राउ गरेको छ । तौफिकले कार्तिक १३ गते सोही स्थानमा बस्ने एक बालिकालाई जवरजस्ती करणी गरेको र उनलाई स्थानीयले घटनास्थलमै नियन्त्रणमा लिइ प्रहरी कार्यालय देवाही गोनाहीमा बुझाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।पक्राउ परेका दुवैजनालाई हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको छ । जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको डिएसपी रावलले बताए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...