News Portal

कोरोना संक्रमणको जोखिम बढेसँगै रसुवामा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

हिमालीसंचार संवाददाता
२३७ पटक

काठमाडौं-जिल्ला प्रशासन कार्यालय रसुवाले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ।

कोरोना संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत एक जना कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएकाले मंगलबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले अनलाइनखबरलाई जानकारी दिइन् । संक्रमण पुष्टि भएका एक जना कर्मचारीले दुई दिनअघि परीक्षणका लागि स्वाब दिएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको उनले बताइन् ।

संक्रमणको जोखिम बढेसँगै राष्ट्र सेवक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको र कार्यालयमा सेवाग्राहीको भिडभाड अत्यधिक बढेका कारण कार्यालयबाटै कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेकाले अर्को सूचना नभएसम्मका लागि शान्ति सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी सेवाबाहेक अन्य सेवाहरु हाललाई स्थगित गरिएको प्रशासनले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...