News Portal

प्रेसको कार्यालय नखुलेको गाडीले ठक्कर दिएपछि..

हिमालीसंचार संवाददाता
४३४ पटक

सुर्खेत – बा ६ च ४०५६ नम्बरको प्रेस लेखेको गाडीले बा २२ च ८७६६ नम्बरको गाडीलाइ आइतबार साँझ ठक्कर दियो । मुगुबाट फर्किदै गरेको उक्त प्रेस गाडीले सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा नजिकै ठक्कर दिएको हो।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार उक्त प्रेस लेखिएको गाडी चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छैन भने, उक्त गाडीको ब्लुबुक नविकरणसमेत फेल छ। गाडीले ठक्कर दिएपछि फरार भएको उक्त गाडीलाइ ट्राफिक प्रहरीले एक घण्टापछि नियन्त्रणमा लिएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक हरिभक्त रोकायाले जानकारी दिए।

गाडीमा प्रेस लेखिएको छ तर कुन कार्यालयको हो एकिन छैन’ उनले भने, ब्लुबुक नविकरण र विमा समेत फेल छ। गाडी चालक कुन्दन कुमार यादवले आफु गाडी मर्मत गर्ने मिस्त्री भएकाले साथमा लाइसेन्स नलिएको बताए।

‘गाडी मुगुमा विग्रिएको थियो । बनाएर ल्याएको हुँ।’ उनले भने, ‘गाडी साहुँको परिवार हुनुहुन्थ्यो । उहाँहरू अर्का गाडीमा जानुभयाो । आफुसँग लाइसेन्स नभएकाले अप्ठ्यारोमा पर्ने जानकारी गाडीसाहुलाइ गराएपनि गाडीसाहुले प्रहरीसँग आफुले कुरा गर्दिन्छु भन्दै गाडी चलाउन लगाएको उनले जानकारी दिए।

प्रहरी सहायक निरीक्षक रोकायाले मिस्त्री भएपनि सिमित क्षेत्रभित्र ‘टेस्ट ड्राइभ’ गर्न पाउने भएपनि यसरी मुगुबाट सुर्खेत पुग्नु गलत भएको बताए। (दुल्लुखबर)

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...