News Portal

प्रेसको कार्यालय नखुलेको गाडीले ठक्कर दिएपछि..

हिमालीसंचार संवाददाता
४०० पटक

सुर्खेत – बा ६ च ४०५६ नम्बरको प्रेस लेखेको गाडीले बा २२ च ८७६६ नम्बरको गाडीलाइ आइतबार साँझ ठक्कर दियो । मुगुबाट फर्किदै गरेको उक्त प्रेस गाडीले सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा नजिकै ठक्कर दिएको हो।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार उक्त प्रेस लेखिएको गाडी चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छैन भने, उक्त गाडीको ब्लुबुक नविकरणसमेत फेल छ। गाडीले ठक्कर दिएपछि फरार भएको उक्त गाडीलाइ ट्राफिक प्रहरीले एक घण्टापछि नियन्त्रणमा लिएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक हरिभक्त रोकायाले जानकारी दिए।

गाडीमा प्रेस लेखिएको छ तर कुन कार्यालयको हो एकिन छैन’ उनले भने, ब्लुबुक नविकरण र विमा समेत फेल छ। गाडी चालक कुन्दन कुमार यादवले आफु गाडी मर्मत गर्ने मिस्त्री भएकाले साथमा लाइसेन्स नलिएको बताए।

‘गाडी मुगुमा विग्रिएको थियो । बनाएर ल्याएको हुँ।’ उनले भने, ‘गाडी साहुँको परिवार हुनुहुन्थ्यो । उहाँहरू अर्का गाडीमा जानुभयाो । आफुसँग लाइसेन्स नभएकाले अप्ठ्यारोमा पर्ने जानकारी गाडीसाहुलाइ गराएपनि गाडीसाहुले प्रहरीसँग आफुले कुरा गर्दिन्छु भन्दै गाडी चलाउन लगाएको उनले जानकारी दिए।

प्रहरी सहायक निरीक्षक रोकायाले मिस्त्री भएपनि सिमित क्षेत्रभित्र ‘टेस्ट ड्राइभ’ गर्न पाउने भएपनि यसरी मुगुबाट सुर्खेत पुग्नु गलत भएको बताए। (दुल्लुखबर)

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...