News Portal

कोरोना महामारीका कारण धनकुटामा देउसी भैलो खेल्न रोक

हिमालीसंचार संवाददाता
३५८ पटक

धनकुटा – धनकुटा जिल्लामा कोभिड–१९ क्राईसिस मेनेजमेन्ट सेन्टरको बैठकले दिपावलीको समयमा देउसी भैलो खेल्न रोक लगाएको छ ।

समुदाय स्तरमा कोरोना भाइसर संक्रमण बढीरहेको भन्दै त्सको जोखिम न्यूनीकरण गर्ने भन्दै दिपावलीको समयमा देउसी भैलो खेल्न रोक लगाएको हो । सो बैठकले कोभिड –१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि स्थान छनौट स्थानीय कहले गरी आ–आफ्नो पालिकामा आगामी बुधवारसम्म व्यवस्था मिलाउनु पर्ने निर्णय समेत गरेको छ ।

सो व्यवस्था मिलाउन अघि कोही संक्रमितको मृत्यु भएमा मूलघाटमै अन्तिम संस्कार गर्ने निर्णय समेत गरेको छ। आमनागरिकहरुले गरेको पीसीआर परिक्षणमा पोजिटिभ देखिए पनि जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी नदिएको भन्दै प्रदेश सामाजिक मन्त्रालयसँग समन्वय गरेर तथ्यांक राख्ने र संक्रमित देखिएकाले कार्यालयलाई जानकारी दिन सूचना प्रकाति गर्ने निर्णय गरेको छ । सो जानकारी संक्रमितहरुले नदिई लुकाई राखेमा कानूनी कार्वाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले पीसीआर परिक्षण गर्ने व्यक्तिहरुले परिक्षण शुल्कको ५० प्रतिसत व्यहोर्ने र बाँकी ५० प्रतिसत सम्बन्धित स्थानीय तहले व्यहोर्नु पर्ने निर्णय गरेको सेन्टरका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । अधिकारीका अनुसार हिरासतमा रहेका बन्दीहरुको पीसीआर परिक्षणको शुल्क सम्बन्धित पालिकाले व्यहोर्ने जनाएको छ ।

यस्तै बैठकले सात वटा स्थानीय तहको दामासाही लगानीमा नयाँ शव बाहन खरिद गर्ने र सो शव बाहन सञ्चालन नेपाल रेडक्रस सोसाईटी धनकुटाले गर्ने निर्णय गरेको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिएका छन् ।

बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जिल्लाको कोभिड संक्रमितहरुको संख्या र अवस्थाका बारे जानकारी दिएका थिए । सेन्टरका अध्यक्ष विमलीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सांसदद्वय लीला सुब्बा र कुसुमकुमारी श्रेष्ठले सुझाव दिएका थिए ।

यस्तै बैठकमा पाख्रीवास नगरपालिकाका प्रमुख बृषबहादुर राई, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु, शहीदभूमि गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले कोभिड–१९ लाई परास्त गर्न आ–आफ्नो पालिकाको तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...