News Portal

नेकपा फुटको संघारमा पुगेपछि चाईनीज खुफियाहरू सक्रिय, बामदेव र विष्णु पौडेलको घरमा दौडधुप

हिमालीसंचार संवाददाता
५३६ पटक

नेकपा फुटने संघारमा पुगेपछि काठमाण्डौंमा फेरी चाइनिज खुफिया सुराकीहरुको सकृयता वढेको छ ।

चाईनिज दुतावास र केहि सुराकीहरु नेकपाका नेताहरुको निवासमा धाउन थालेका छन् । आईतवार मात्रै केही ब्यक्ति नेकपाका उपाध्यक्ष वामदेव गौतम र महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निवासमा पुगेको श्रोतले जनाएको छ ।

शनिवार भएको ओली प्रचण्ड भेटपछि सार्वजनिक भएका तिक्ततापुर्ण अभिब्यक्ति र अर्थमन्त्री पौडेलले सामाजिक संजालमा सार्वजनिक गरेको आसयलाई लिएर नेकपा फुटको संघरमा पुगेको आँकलन गरिएको छ। सोही आँकलनपछि चाईनाको सकृयता एकाएक वढेको जानकारहरु बताउछन् ।

यसअघि पनि नेकपाको अप्ठ्यारो अवस्थामा प्रचण्ड र ओलीलाई मिलाउन चाईनिज दुतावासले नै महत्वपुर्ण रोल गरेको वुझाई छ ।यता प्रधानमन्त्रीले समेत अब प्रचण्डसँग सँगै वस्न नसकिने अभिब्यक्ति दिन थालेका छन् । ओलीले आफना विश्वास पात्रहरुसँगको कुराकानीमा दाहालसँग सँगै अघि वढ्न नसकिने वताउँन थालेको श्रोतको दावी छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहालले पनि आइतबार आफनै निवास खुमलटारमा आयोजित सचिवालय सदस्यहरुको भेलालाई सम्वोधन गर्दै पार्टी गम्भीर संकटमा परेको बताएका थिए । प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको उनले बताए।

प्रधानमन्त्रीले अलग–अलग जाऊँ भन्न थाल्नुभएको उनले जानकारी गराएका थिए । प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भनेको दाहालले सुनाए । दुई अध्यक्षवीच आईतवार फोनमै तथानाम भएको पनि श्रोतले दावी गरेको छ । कुराकानीका क्रममा ‘तँ–तँ मँ–मँ’ कै तहमा झगडा भएकाले पार्टी गम्भीर संकटमा पुगेको आँकलन गरिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...