News Portal

नेकपा फुटको संघारमा पुगेपछि चाईनीज खुफियाहरू सक्रिय, बामदेव र विष्णु पौडेलको घरमा दौडधुप

हिमालीसंचार संवाददाता
४८६ पटक

नेकपा फुटने संघारमा पुगेपछि काठमाण्डौंमा फेरी चाइनिज खुफिया सुराकीहरुको सकृयता वढेको छ ।

चाईनिज दुतावास र केहि सुराकीहरु नेकपाका नेताहरुको निवासमा धाउन थालेका छन् । आईतवार मात्रै केही ब्यक्ति नेकपाका उपाध्यक्ष वामदेव गौतम र महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निवासमा पुगेको श्रोतले जनाएको छ ।

शनिवार भएको ओली प्रचण्ड भेटपछि सार्वजनिक भएका तिक्ततापुर्ण अभिब्यक्ति र अर्थमन्त्री पौडेलले सामाजिक संजालमा सार्वजनिक गरेको आसयलाई लिएर नेकपा फुटको संघरमा पुगेको आँकलन गरिएको छ। सोही आँकलनपछि चाईनाको सकृयता एकाएक वढेको जानकारहरु बताउछन् ।

यसअघि पनि नेकपाको अप्ठ्यारो अवस्थामा प्रचण्ड र ओलीलाई मिलाउन चाईनिज दुतावासले नै महत्वपुर्ण रोल गरेको वुझाई छ ।यता प्रधानमन्त्रीले समेत अब प्रचण्डसँग सँगै वस्न नसकिने अभिब्यक्ति दिन थालेका छन् । ओलीले आफना विश्वास पात्रहरुसँगको कुराकानीमा दाहालसँग सँगै अघि वढ्न नसकिने वताउँन थालेको श्रोतको दावी छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहालले पनि आइतबार आफनै निवास खुमलटारमा आयोजित सचिवालय सदस्यहरुको भेलालाई सम्वोधन गर्दै पार्टी गम्भीर संकटमा परेको बताएका थिए । प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको उनले बताए।

प्रधानमन्त्रीले अलग–अलग जाऊँ भन्न थाल्नुभएको उनले जानकारी गराएका थिए । प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भनेको दाहालले सुनाए । दुई अध्यक्षवीच आईतवार फोनमै तथानाम भएको पनि श्रोतले दावी गरेको छ । कुराकानीका क्रममा ‘तँ–तँ मँ–मँ’ कै तहमा झगडा भएकाले पार्टी गम्भीर संकटमा पुगेको आँकलन गरिएको छ।

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...