News Portal

मीन विश्वकर्माकाे स्वास्थ्यमा जटिल एयर एम्बुलेन्सबाट दिल्ली उपचार गर्ने लैजान सरकारलाई आग्रह

हिमालीसंचार संवाददाता
४६८ पटक

काठमाडौं -नेपाली कांग्रेसका नेता मीन बहादुर विश्वकर्मालाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने व्यवस्था मिलाउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
नेपाली कांग्रेसका नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले केहीबेर अघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी प्रतिनिधिसभा सदस्य विश्वकर्मालाई एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लैजाने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

‘मीनलाई हिजोदेखि भेन्टिलेटरमा राखेको छ। हिजो दिउँसो २ बजेदेखि स्वासप्रश्वासमा धेरै गाह्रो भएको भनेर डाक्टरहरुले भनेका छन्। स्वास्थ्य अवस्था जटिल भएको छ। अक्सिजनको लेभल ९५ बाट ८० मा झरेको हुनाले उहाँलाई ग्राण्डीको भेन्टिलेटरमा राखिएको छ। डाक्टरहरुले एयर एम्बुलेन्समार्फत दिल्ली लैजान उचित हुने भनेका छन्। त्यसैले मैले कांग्रेसको तर्फबाट सरकारलाई आग्रह गरेको छु।’

यस अघि विश्वकर्माको उपचारमा ध्यान दिन कांग्रेसका सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई फोन गरेर ध्यानाकर्षण गराएका थिए।

कांग्रेस नेता विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिनदेखि अस्पतालमै राखेर उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...