News Portal

प्रदेश १ मा आज ३ सय ५७ जना कोरोना संक्रमित थपिए

हिमालीसंचार संवाददाता
२७८ पटक

विराटनगर – प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिए, २ सय ४७ जनाले स्वास्थ्यलाभ लिएका छन्।

मोरङ १ सय ८३, झापा ६९, सुनसरी ५३, उदयपुर १५, धनकुटा ५, इलाम ४, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र भोजपुर १-१ र प्रदेश १ बाहिरका २४ जनामा कोरोना पोजेटिभ रहेको आज सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर १ सय ८३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरु मध्ये ५३ महिला र ७० पुरुष रहेका छन् । मोरङको उर्लाबारी १६, पथरीशनिश्चरे ११, सुन्दरहरैचा ९, बेलबारी ८, बुढीगंगा र कटहरी ३-३, धनपालथान, ग्रामथान र रंगेली २-२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारी १-१ जनाको रिपोर्ट आज पोजेटिभ आएको हो। 

झापाको दमक ३७, कमल गाउँपालिका १०, बिर्तामोड र गौरादह ४-४, कनकाई, शिवसताक्षी, मेचीनगर २-२, भद्रपुर, बुद्धशान्ति, बाह्रहदशी र अर्जुनधारा १-१ स्थानीय तह नखुलेका ४, सुनसरीको इटहरी २८, इनरुवा १०, धरान ६, रामधुनी ३, कोसी गाउँपालिका २, बराह क्षेत्र, बर्जू, देवानगञ्ज र दुहबीमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगा ५, चौदण्डीगढी ४, कटारी ५ र बेलका १, धनकुटाको धनकुटा नगरपालिका ४ र महालक्ष्मी १, इलामको चुलाचुली ३ रोङ १, ओखलढुङ्गाको सुनकोसी, सङ्खुवासभाको मादी, तेह्रथुमको आठराई र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट आज पोजेटिभ आएको छ । यो सम्पूर्ण विवरण सहित आज प्रदेश १ को कोरोना संक्रमितको संख्या १९ हजार ५३२ पुगेको छ ।

आज प्रदेश १ बाट २४७ जना स्वास्थ्यलाभ 

प्रदेश १ मा आज २४७ जना स्वास्थ्यलाभ लिएका छन् । होम आइसोलेसनबाट १९७, होटेल एशियाटिक आइसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना स्वास्थ्यलाभ लिएर धर फर्केका हुन्। हालसम्म स्वास्थ्यलाभ लिनेको संख्या ११ हजार ९८ पुगेको छ । 

त्यस्तै आज प्रदेश १ मा आज १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३६ महिला र २२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६१ हजार १४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...