News Portal

रतुवा खोलाको पक्कि पुल मुनि बाँसको पुलबाट स्थानीय आवतजावत, उच्च जोखिम

हिमालीसंचार संवाददाता
४४६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ र झापा जिल्लाको सिमानामा रहेको रतुवा खोलामा अहिले पुल मुनि अर्को पुल देख्न सकिन्छ। झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको  रतुवामाई नगरपालिकाको बिचमा रहेको रतुवाखोलामा अहिले पुल मुनिबाट मोरङको स्थानीयले बाँसको पुल बनाएका छन भने झापाले पनि सोही खोलामा बाँसकै पुल बनाएका हुन ।

हुलाकी राजमार्गको लागि आवतजावतमा सहज होस भनेर निर्माण भएको यो पुल अहिलेसम्म बेकामे बनेको छ। २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । 

उक्त पुल  १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो भने सो पुलमा ९ वटा पिल्लर, २ सय ५ मिटर लम्बाइ रहेको छ। दुई तर्फी यातायात सञ्चालन गर्न सकिने साढे सात मिटर चौडाइ रहेको यो पुल अहिले प्रयोगविहीन हुदा स्थानीय बाँसको पुलबाट उच्च जोखिमका साथ हिडन बाध्य रहेका छन ।

करोडौ रुपैया लगानी गरेर निर्माण गरिएको पुल सम्पन्न भएको पनि बर्षौ बितिसक्दा समेत पुल राम्रोसँग संचालनमा आउन सकेको छैन। उक्त पक्कि पुल प्रयोगमा आउन नसकेपछि स्थानीय आफैले अर्को पुल बनाएर त्यसको प्रयोग गरीवहेका छन्। 

पक्की पुलको मुनिबाट बाँसको भाटा प्रयोग गरेर अस्थाई कच्ची पुल बनाएका छन्। पुलबाट आवतजावत गर्ने सर्वसाधारणहरुबाट मोटरसाइकलको ३० रुपैयाँ, साईकलको २० रुपैयाँ र पैदल यात्रीका लागि १० रुपैयाँ रकम लिने गरेका छन।  मोरङ- झापाका स्थायीले आ आफ्नो पुल प्रयोग गर्ने गरेका छन् । 

पक्की पुल खोलाका बीचमा भएकाले प्रयोग गर्न नमिलेपछि स्थानी बासिन्दाहरूले आफ्नै पहलमा पक्की पुलको आडमा बाँसको भाटाले खोला तर्ने अस्थाई पुल निर्माण गरेका हुन् । स्थानीय कैलाश श्रेष्ठका अनुसार बर्षमा पानी हुदा ढुगा, पानी नहुदा बाँसको पुलको विकल्प नभएको बताउछन् । यस स्थानमा स्थानीय सरकारको ध्यान केन्द्रित नहुदा स्थानीयले जोखिमका साथ वारपार गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...