News Portal

रतुवा खोलाको पक्कि पुल मुनि बाँसको पुलबाट स्थानीय आवतजावत, उच्च जोखिम

हिमालीसंचार संवाददाता
४८४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ र झापा जिल्लाको सिमानामा रहेको रतुवा खोलामा अहिले पुल मुनि अर्को पुल देख्न सकिन्छ। झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको  रतुवामाई नगरपालिकाको बिचमा रहेको रतुवाखोलामा अहिले पुल मुनिबाट मोरङको स्थानीयले बाँसको पुल बनाएका छन भने झापाले पनि सोही खोलामा बाँसकै पुल बनाएका हुन ।

हुलाकी राजमार्गको लागि आवतजावतमा सहज होस भनेर निर्माण भएको यो पुल अहिलेसम्म बेकामे बनेको छ। २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । 

उक्त पुल  १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो भने सो पुलमा ९ वटा पिल्लर, २ सय ५ मिटर लम्बाइ रहेको छ। दुई तर्फी यातायात सञ्चालन गर्न सकिने साढे सात मिटर चौडाइ रहेको यो पुल अहिले प्रयोगविहीन हुदा स्थानीय बाँसको पुलबाट उच्च जोखिमका साथ हिडन बाध्य रहेका छन ।

करोडौ रुपैया लगानी गरेर निर्माण गरिएको पुल सम्पन्न भएको पनि बर्षौ बितिसक्दा समेत पुल राम्रोसँग संचालनमा आउन सकेको छैन। उक्त पक्कि पुल प्रयोगमा आउन नसकेपछि स्थानीय आफैले अर्को पुल बनाएर त्यसको प्रयोग गरीवहेका छन्। 

पक्की पुलको मुनिबाट बाँसको भाटा प्रयोग गरेर अस्थाई कच्ची पुल बनाएका छन्। पुलबाट आवतजावत गर्ने सर्वसाधारणहरुबाट मोटरसाइकलको ३० रुपैयाँ, साईकलको २० रुपैयाँ र पैदल यात्रीका लागि १० रुपैयाँ रकम लिने गरेका छन।  मोरङ- झापाका स्थायीले आ आफ्नो पुल प्रयोग गर्ने गरेका छन् । 

पक्की पुल खोलाका बीचमा भएकाले प्रयोग गर्न नमिलेपछि स्थानी बासिन्दाहरूले आफ्नै पहलमा पक्की पुलको आडमा बाँसको भाटाले खोला तर्ने अस्थाई पुल निर्माण गरेका हुन् । स्थानीय कैलाश श्रेष्ठका अनुसार बर्षमा पानी हुदा ढुगा, पानी नहुदा बाँसको पुलको विकल्प नभएको बताउछन् । यस स्थानमा स्थानीय सरकारको ध्यान केन्द्रित नहुदा स्थानीयले जोखिमका साथ वारपार गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...