News Portal

  • मदिरा बेच्ने र सेवन गर्नेलाई कडा सजाय गछौँ : नगरप्रमुख शाही

    हिमाली संचार संवाददाता
    १४६१ पटक

    प्रविन शाही
    चामुण्डा/दैलेख – जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालीकाले मदीरामा निकै कडाईका साथ रोग लगाउनेभएकाके छ ।जथाभावी मदिरा बेचविखन गर्नेलाई कडा कारवाही गरिने चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगरप्रमुख सुर्यबहादुर शाहीले बताएका छन ।

    शुक्रबार जम्बुकाँधमा प्रगतिशल नगर स्तरीय महिला संजालले सामाजिक कुसंस्कार विरुद्ध आयोजना गरेको तीज विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन । मदिरा र लागु पदार्थकै कारणले महिला हिंसा र घरेलु हिंसा हुने भएकाले मदिराको प्रयोगलाई रोक्नका लागि नगरपालिकाले मदिरा कार्यविधि लागु भएको उनले जानकारी दिए ।

    कोही कसैले मदिरा विक्रि वितरण र मदिरा उत्पादन गरेको पाइएमा मदिरा कार्यविधि बमोजिम कारवाही गरिने उनको भनाई छ । नगरपालिका र प्रहरी एक्लैको प्रयासले मात्र नियन्त्रण गर्न असम्भव हुने भएकाले मदिरा नियन्त्रण गर्नका लागि सबैको सहयोगको जरुरी पर्ने उनले बताए । साथै नगरवासीको जीउ धनको शान्ति सुरक्षाका लागि नगरपालिका कटिवद्ध भएर लागि रहेको उनले जानकारी दिए ।

    ‘घरेलु हिंसा र महिला हिंसालाई नियन्त्रण गर्नका लागि महिलाहरु पनि आर्थिक रुपमा बलियो बन्नु पर्छ ।’ उनले भने– ‘जबसम्म महिलाहरु आर्थिक रुपमा बलियो बन्नदैनन्, तबसम्म समाजमा महिला हिंसा र घरेलु हिंसा कायम रहनेछ ।’ आर्थिक रुपमा बलियो बन्नका लािग अब महिलाहरु कृषिसंग जोडिनु पर्नेमा नगर प्रमुख शाहीले जोड दिए ।

    कार्यक्रममा उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले मदिराकै कारणले गर्दा पछिल्लो समय घरेलु हिंसा बढ्दै गएको बताईन । न्यायिक समितिमा आउने उजुरीहरुलाई अनुसन्धान गर्दा अधिकांस घट्नाहरु मदिराकै कारणले हुने गरेको उनले बताईन । जबसम्म मदिरा पुर्णरुपमा नियन्त्रण हुदैन तबसम्म घरेलु हिंसाले जरा गाडी रहेने उनको भनाई छ ।

    मदिराकै कारणले गर्दा बालबालिकाहरु सानै उमेरमा विवाह हुने गरेको बताईन । मदिरा सेवन गर्ने आफ्न्तहरुबाट बालिकाहरु असुरक्षित मसुस गरी सुरक्षीत स्थानको खोजीका लागि कम उमेरमै विवाह गर्ने गरेको उनले बताईन ।

    प्रगतिशल महिला संजालका अध्यक्ष अम्बिका बोहोराको अध्यक्षतामा भएको कार्यक्रमा वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामाङ, वडा नंं ३ का अध्यक्ष निरकबहादुर शाही, वडा नंं. ६ का अध्यक्ष बखतबहादुर बोहोरा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...