News Portal

मदिरा बेच्ने र सेवन गर्नेलाई कडा सजाय गछौँ : नगरप्रमुख शाही

हिमाली संचार संवाददाता
१५४३ पटक

प्रविन शाही
चामुण्डा/दैलेख – जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालीकाले मदीरामा निकै कडाईका साथ रोग लगाउनेभएकाके छ ।जथाभावी मदिरा बेचविखन गर्नेलाई कडा कारवाही गरिने चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगरप्रमुख सुर्यबहादुर शाहीले बताएका छन ।

शुक्रबार जम्बुकाँधमा प्रगतिशल नगर स्तरीय महिला संजालले सामाजिक कुसंस्कार विरुद्ध आयोजना गरेको तीज विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन । मदिरा र लागु पदार्थकै कारणले महिला हिंसा र घरेलु हिंसा हुने भएकाले मदिराको प्रयोगलाई रोक्नका लागि नगरपालिकाले मदिरा कार्यविधि लागु भएको उनले जानकारी दिए ।

कोही कसैले मदिरा विक्रि वितरण र मदिरा उत्पादन गरेको पाइएमा मदिरा कार्यविधि बमोजिम कारवाही गरिने उनको भनाई छ । नगरपालिका र प्रहरी एक्लैको प्रयासले मात्र नियन्त्रण गर्न असम्भव हुने भएकाले मदिरा नियन्त्रण गर्नका लागि सबैको सहयोगको जरुरी पर्ने उनले बताए । साथै नगरवासीको जीउ धनको शान्ति सुरक्षाका लागि नगरपालिका कटिवद्ध भएर लागि रहेको उनले जानकारी दिए ।

‘घरेलु हिंसा र महिला हिंसालाई नियन्त्रण गर्नका लागि महिलाहरु पनि आर्थिक रुपमा बलियो बन्नु पर्छ ।’ उनले भने– ‘जबसम्म महिलाहरु आर्थिक रुपमा बलियो बन्नदैनन्, तबसम्म समाजमा महिला हिंसा र घरेलु हिंसा कायम रहनेछ ।’ आर्थिक रुपमा बलियो बन्नका लािग अब महिलाहरु कृषिसंग जोडिनु पर्नेमा नगर प्रमुख शाहीले जोड दिए ।

कार्यक्रममा उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले मदिराकै कारणले गर्दा पछिल्लो समय घरेलु हिंसा बढ्दै गएको बताईन । न्यायिक समितिमा आउने उजुरीहरुलाई अनुसन्धान गर्दा अधिकांस घट्नाहरु मदिराकै कारणले हुने गरेको उनले बताईन । जबसम्म मदिरा पुर्णरुपमा नियन्त्रण हुदैन तबसम्म घरेलु हिंसाले जरा गाडी रहेने उनको भनाई छ ।

मदिराकै कारणले गर्दा बालबालिकाहरु सानै उमेरमा विवाह हुने गरेको बताईन । मदिरा सेवन गर्ने आफ्न्तहरुबाट बालिकाहरु असुरक्षित मसुस गरी सुरक्षीत स्थानको खोजीका लागि कम उमेरमै विवाह गर्ने गरेको उनले बताईन ।

प्रगतिशल महिला संजालका अध्यक्ष अम्बिका बोहोराको अध्यक्षतामा भएको कार्यक्रमा वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामाङ, वडा नंं ३ का अध्यक्ष निरकबहादुर शाही, वडा नंं. ६ का अध्यक्ष बखतबहादुर बोहोरा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...