News Portal

धरानमा १३ जना कोरोना संक्रमित, १ जना संक्रमितको मृत्यु

हिमालीसंचार संवाददाता
३१९ पटक

धरान –  धरान उपमहानगरपालिका धरानमा शनिवार साँझ थप १३ जना कोरोना संक्रमित थपिएका छन् भने वडा नं. ९ का १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। शनिवार साँझ धरानमा थप १३ जना कोरोना संक्रमित थपिएसँगै धरानमा कोरोना संक्रमित कुल संख्या २ हजार ७ सय २८ पुगेको छ ।

त्यस्तै, शनिवार धरान – ९, का १ जना कोरोना संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । वडा नं. ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालका अनुसार कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका उनलाई श्वास फेर्न गाह्रो भएकाले वीपीको कोभिड अस्पताल लगिएको थियो। 

धरान स्थित वीपीको कोभिड अस्पतालमै उनको मृत्यु भएको हो । परिवारले वीपीबाट विराटनगर लाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको वडाध्यक्ष कटुवालले बताए। मृतकको शव व्यवस्थापन आइतबार सरकारी शव व्यवस्थापन टोलीले गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...