News Portal

बास्तु विज्ञान : घर बनाउनुअघि जान्नैपर्ने महत्वपूर्ण कुरा

हिमालीसंचार संवाददाता
५१४ पटक

बास्तुशास्त्र एक यस्तो विज्ञान हो। जसले घर निर्माणका हरेक बिषयलाई निर्देश गरेको हुन्छ। पछिल्लो समयमा बास्तुशास्त्र निर्माण क्षेत्रको अपरिहार्य बिषय बनेको छ। जो कसैले पनि बास्तुशास्त्रको मान्यतालाई इन्कार गर्न सक्दैन ।

यो केवल परम्परामात्र नभई एक विज्ञान हो ।

वास्तु अनुसार घर निर्माण गर्दा तपाइको जीवनमा सुख र शान्ति मिल्छ । वास्तुले घर निर्माणका लागि त्यसरी नै निर्देश गर्छ, जसरी आधुनिक विज्ञानले । अर्थात घर कुन दिशामा फर्किएको, कति झ्याल ढोका भएको, कस्तो आकार–प्रकारको बनाउने भन्ने कुराले घरको टिकाउ, गुणस्तरलाई बुझाउँछ ।

घर बनाउनु अघि माटो हेर्ने गरिन्छ । माटो हेर्नुको अर्थ त्यसको धरातल कति बलियो छ भन्ने हो । साथै कुन दिशामा फर्किएको घर राम्रो भन्ने वास्तु विज्ञानमा स्पष्ट हुन्छ । यसले आफुले निर्माण गर्ने घर आसपासमा वहकिने हावा, घामको प्रकाश आदिलाई मध्यनजर गरेको हुन्छ। त्यसैले वास्तु विज्ञानलाई उपेक्षा गर्ने होइन, बुझ्ने प्रयास गर्नुपर्छ ।

घर, पसल, वा प्लट खरिद गर्नुअघि त्यसको बनावट, वातावरण, धरातल, मुलभूत ढाँचाको समीक्षा गर्नुपर्छ । भूमीको चयन गर्नु त्यति सजिलो छैन, जति हामी ठान्ने गर्छौं । अतः घर निर्माण अघि वास्तु विज्ञानले निर्देश गरेको यी कुरा ख्याल गर्नैपर्छ। धरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्छ । साथै ताजा हावा आउजाउ गर्ने हुनुपर्छ।

वास्तु अनुसार शयनकक्ष अर्थात बेडरुम यस्तो हुनुपर्छ कि, सुतेको समय खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा होस्। सुतेको समयमा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन । वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ । वास्तु अनुसार किचन घरको अग्नेय कोणमा हुनुपर्छ । खाना खाएको समयमा हाम्रो मुख पूर्व वा उत्तर दिशामा हुनुपर्छ।

यसले सकारात्मक उर्जा संचार हुन्छ । घर बनाउने स्थानमा दुर्गन्धित ढल, वर्कसप आदि भएको राम्रो मानिदैन । ढलान भएको वा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन । हावा , पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ। त्रिभूज आकारको जग्गा कहिले पनि खरिद गर्नु हुँदैन । एकतिर ठूलो चौडा र अर्कोतिर एकदमै कम चौडा भएको जग्गा पनि शुभ मानिदैन ।

भान्सा, बगैंचा अदि मूख्य द्वारको सामुन्ने बनाउनु हुँदैन ।

मूख्य ढोकाको सामुन्नेमा पर्खाल हुनु हुँदैन । सार्वजनिक ट्यांकीको छायाँमा घर बनाइयो भने, त्यहाँ बसोबास गर्न योग्य मानिदैन। दुई ठूलो घरको बिचमा एक सानो घर भए, त्यस्तो सानो घरमा बस्नु उपयुक्त हुँदैन ।

कुनै गल्ली वा आवास स्थलको अन्तिममा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन । सडक किनारमा बनेको घर पनि शुभ मानिदैन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...