News Portal

सार्वजनिक सवारी साधनमा भाडादर नटाँसे कारबाही गर्ने – ट्राफिक प्रहरी

हिमालीसंचार संवाददाता
५०७ पटक

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जनाएको हो ।

सार्वजनिक गाडीले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न भाडादर टाँस्नुपरेको महाशाखाले जनाएको छ । यस्तै यात्रुलाई आफनो गन्तव्य सम्मको भाडादर सजिलै थाहा पाइ ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको सूची सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो ।

हिजो शुक्रबार देखि अभियानकै रूपमा थालनी गरी चार सय २९ वटा सवारी साधनहरूमा भाडादर टाँसेको महाशाखाले जनाएको छ । यो अभियानलाई आज पनि निरन्तरता दिइएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...