News Portal

रियलको जितमा बेन्जिमाको दुई गोल

हिमालीसंचार संवाददाता
४२१ पटक

स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता टोली रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार भएको खेलमा रियलले हुयस्काललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । तयस्तै इडेन हाजार्ड र फेड्रिको भाल्भार्डेले समान एक–एक गोल गरे । खेलको ४० औँ मिनेटमा हाजार्डले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । 

पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । खेलको ५४ औं मिनेटमा रियलका लागि भाल्भार्डेले गोल गर्दै घरेलु टोलीको अग्रता ३–० गोलको बनाए । 

७४ औँ मिनेटमा हुयस्काका लागि डेभिड फेरेरियोले गोल गर्दै टिमलाई केही राहात दिलाए । ९० औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–१ गोलको जित दिलाए । 

जितसँगै रियलले ७ खेलबाट १६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित हुयस्काको ५ अंक रहेको छ । 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...