News Portal

मीना चौलागाईंका तीन मुक्तक

हिमालीसंचार संवाददाता
६०३ पटक

              मुक्तक – १

दिलभित्र सुकेको खरमा झैँ डढेलो सल्किएपछि
खुशी फुल्ने मनको चौतारीमा पिर पल्किएपछि
कसरी फुलाऊँ ओठमा मुस्कान तिमीले भन्दैमा
तिम्रै कारण यी आँखामा आँसु छल्किएपछि !

            मुक्तक – २

एउटै प्रतिबिम्ब सधै वरिपररि आउँछ
एकदुई पटक मात्र हैन घरीघरी आउँछ
उसकै जस्तो मनलाई पत्थर बनाउँ भन्छु
टाढा नभई याद झन् नजिक सरी आउँछ !

            मुक्तक – ३

सुनसान रातमा साथ दिने चाँद भएको छ
बितेका तिनै मीठा पलको माद भएको छ
भुल्नु भन्न सजिलो छ,भुलाउन निकै गाह्रो
आगोले झैँ पोल्ने अचेल याद भएको छ !

– मीना चौलागाईं
पाँचखाल-६, काभ्रे।

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...