News Portal

बाल अधिकार प्रबर्द्धन गर्नुपर्ने दायित्व : नगरप्रमुख शर्मा

हिमाली संचार संवाददाता
७५९ पटक

ज्ञानु गौतम
रुकुम – सुखी नेपाली, समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार” भन्ने राष्ट्रिय नारा सहित शुक्रबार राष्ट्रिय बाल दिवस मनाइएको छ ।

चौरजहारी नगरपालिकामा पनि बालदिवसका अबसरमा एक कार्यक्रमको आयोजना गरीएको छ चौरजहारी नगरपालिकाको आर्थिक सहयोग सेभ द चिल्ड्रेन तथा रुकुमेलि समाज बिकाश केन्द्र रुकुमको सहर्कायमा नगरबाल सञ्जालले अन्तरविद्यालय बिभिन्न प्रतियोगिता सञ्चालन गरेको छ ।

प्रतियोगितामा आधारभुत तह अन्तर्गत १–५ र ६–८ तथा मावि तह अन्तर्गत कक्षा ९–१० गरी तीन तहको सहभागिता रहेको छ । कार्यक्रमा आधारभुत तह अन्तर्गत १–५ बौद्धिक परिक्षण ६–८ हाजिरी जवाफ,चित्रकला, निबन्ध तथा मावि तह अन्तर्गत कक्षा ९–१० लोक नृत्य, बक्तृत्वकला, कबिता प्रतियोगिता सञ्चालन गरीएको हो ।

चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले आजका बालबालिकानै भबिस्यमा विभिन्न पेशा ब्यवसायमा संलग्न रहदै राज्य संचालनमा भूमिका खेल्ने शक्ति भएको भन्दै उहाँले बालबालिकाको जग राम्रो बसाउन आफु गम्भिर ढंगले लागि परेको बताउनु भयो ।

नगर पमुख शर्माले गुणस्तर स्वास्थ्य तथा शिक्षामा पहुँच बृद्धि गर्नुपर्ने आवश्यकता एकातिर रहेको र अर्कोतर्फ बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार, शोषण लगायत बालबिवाह जस्ता कूप्रचलनहरु पूर्ण रुपमा समाप्त गर्दै वास्तविक बाल अधिकार प्रवद्र्धन गर्नुपर्ने दायित्व आफ्नो काधमा रहेको बताउनु भयो ।

नगरबाल सञ्जालका अध्यक्ष जनक प्रशाद आर्चायको अध्यक्षतामा सञ्चालित कार्यक्रम चौरजहारी नगरपालिकाका नगरप्रमुख बिशाल शर्मा प्रमुख अतिथी, नगर उप प्रमुख राधा रोका विशिष्ट आथित्यतामा भएको हो ।

कार्यक्रममा रुकुमेलि समाज बिकास केन्द्र अन्तरगत बाल संरक्षण क्षेत्र कार्यक्रमका जिल्ला संयोजक कुवेर केसि वडा अध्यक्ष, ४१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा अन्य शिक्षक र विद्यार्थीहरुको पनि उल्लेख्य सहभागीता रहेको छ । हिजो देखि सुरु भएको कार्यक्रम आजपनि जारी छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...