News Portal

  • बाल अधिकार प्रबर्द्धन गर्नुपर्ने दायित्व : नगरप्रमुख शर्मा

    हिमाली संचार संवाददाता
    ६९८ पटक

    ज्ञानु गौतम
    रुकुम – सुखी नेपाली, समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार” भन्ने राष्ट्रिय नारा सहित शुक्रबार राष्ट्रिय बाल दिवस मनाइएको छ ।

    चौरजहारी नगरपालिकामा पनि बालदिवसका अबसरमा एक कार्यक्रमको आयोजना गरीएको छ चौरजहारी नगरपालिकाको आर्थिक सहयोग सेभ द चिल्ड्रेन तथा रुकुमेलि समाज बिकाश केन्द्र रुकुमको सहर्कायमा नगरबाल सञ्जालले अन्तरविद्यालय बिभिन्न प्रतियोगिता सञ्चालन गरेको छ ।

    प्रतियोगितामा आधारभुत तह अन्तर्गत १–५ र ६–८ तथा मावि तह अन्तर्गत कक्षा ९–१० गरी तीन तहको सहभागिता रहेको छ । कार्यक्रमा आधारभुत तह अन्तर्गत १–५ बौद्धिक परिक्षण ६–८ हाजिरी जवाफ,चित्रकला, निबन्ध तथा मावि तह अन्तर्गत कक्षा ९–१० लोक नृत्य, बक्तृत्वकला, कबिता प्रतियोगिता सञ्चालन गरीएको हो ।

    चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले आजका बालबालिकानै भबिस्यमा विभिन्न पेशा ब्यवसायमा संलग्न रहदै राज्य संचालनमा भूमिका खेल्ने शक्ति भएको भन्दै उहाँले बालबालिकाको जग राम्रो बसाउन आफु गम्भिर ढंगले लागि परेको बताउनु भयो ।

    नगर पमुख शर्माले गुणस्तर स्वास्थ्य तथा शिक्षामा पहुँच बृद्धि गर्नुपर्ने आवश्यकता एकातिर रहेको र अर्कोतर्फ बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार, शोषण लगायत बालबिवाह जस्ता कूप्रचलनहरु पूर्ण रुपमा समाप्त गर्दै वास्तविक बाल अधिकार प्रवद्र्धन गर्नुपर्ने दायित्व आफ्नो काधमा रहेको बताउनु भयो ।

    नगरबाल सञ्जालका अध्यक्ष जनक प्रशाद आर्चायको अध्यक्षतामा सञ्चालित कार्यक्रम चौरजहारी नगरपालिकाका नगरप्रमुख बिशाल शर्मा प्रमुख अतिथी, नगर उप प्रमुख राधा रोका विशिष्ट आथित्यतामा भएको हो ।

    कार्यक्रममा रुकुमेलि समाज बिकास केन्द्र अन्तरगत बाल संरक्षण क्षेत्र कार्यक्रमका जिल्ला संयोजक कुवेर केसि वडा अध्यक्ष, ४१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा अन्य शिक्षक र विद्यार्थीहरुको पनि उल्लेख्य सहभागीता रहेको छ । हिजो देखि सुरु भएको कार्यक्रम आजपनि जारी छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...