आज : २०२६-०६-२६, शुक्रबार

‘मृत्युले लाँदिन भन्दैन’

प्रथा

तनमा होस् कि मनमा भोकले लाग्दिन भन्दैन
वागमा होस् कि वनमा फूलले फुल्दिन भन्दैन !

सुख र दु:ख घामछायाँ जिन्दगीको दोबाटोमा
धीरमा होस् कि पीरमा आँसुले झर्दिन भन्दैन !

विचित्र छ यो जगत फरक लय फरक ताल
नहर होस् कि नदीमा पानीले बग्दिन भन्दैन !

एक दिन छोडेर जानु छ तेरो र मेरो किन हो
तिर होस् कि भीरमा हावाले वहँदिन भन्दैन !

काँटामा घुम्ने जिन्दगी गतिमै चल्छ जीवन
दिन होस् कि रातमा घडीले चल्दिन भन्दैन !

जे जे गर्छौ आजै गर भोली के हो थाहा हुन्न
डरमा होस् कि भरमा मृत्युले लाँदिन भन्दैन !

         काठमाडौँ, नेपाल।