News Portal

कविता ”समदर्शी जून”

हिमालीसंचार संवाददाता
९७८ पटक

प्रिय पूर्णिमा !
ह्रदयमा आनन्द, मनमा शितलता
र हरियालीपन, मुहारमा प्रशन्न्ताको सौन्दर्य
यी केवल तिम्रै आकर्षणले हुन्
तिम्रा अमूल्य शाब्दिक उदगाररहित
स्नेहका वाणीहरुले सजिएका
तिम्रा ती शब्द बिसाएर
तिम्रो जीवनको यात्रामा
सहभागी हुने सहयात्रीको आभास
दिलाउन सक्ने प्रिय हौ
तिम्रो सौन्दर्यलाई यसरी निहारीरहुँ
चाहे तिमी अनुरागी आँखिझ्यालबाट
अन्तै मुन्टो निकाली आफूलाई निदाइरहेकी प्रकृतिमा
नै किन नभुलाऊ ?
लाग्छ,
तिम्रो सौन्दर्यको अपूर्वमा
समदर्शी जुनमा उदाउने महात्मा बन्न पुँगु
तिमी
जुनेली रातको सुन्दरतामा
यस्तो लाग्छ
नीलगगनमा टिल्मिलाउने लाखौं ताराहरुको बीच
शुक्लपक्षको पूर्णिमा उदाएको पूर्ण चन्द्रसरी
तीन करोड मुटुको धड्कन बीच न्यायीक पक्षलाई
ढाडस दिदै जिउने आधारशीला हौ
सायद
यसको आधार तिम्रा स्वच्छ चहक
अनि स्वस्थ प्रवृत्ति नै हुन्
तिम्रो सुन्दरतालाई सलाम छ
तिम्रो आलोकलाई सलाम छ।

– ॠतु सिंह
भरतपुर, चितवन।

यो पनि पढ्नुहोस्।

कविता-कुसुमपथ : ॠतु सिंह 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...