News Portal

  •  ससुराली गएका युवक मृत भेटिए

    हिमालीसंचार संवाददाता
    २६३ पटक

    हेटौंडा–  दसैँको टीका थाप्न दाइको ससुराली गएका युवक मृत फेला परेका छन् ।दाजु र भाउजुसँगै गएका हेटौंडा उपमहानगरपालिका– ४ कर्र्राका राम गुरुङको शव बागमती गाउँपालिका– ९ बेतिनीको सामुदायिक भवन नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

    दाजुको ससुरालीबाट फर्कने क्रममा सामुदायिक भवनको झ्यालमा ठोक्किँदा सीसाले काटेर अधिक रगत जादा मृत्यु भएको हुन सक्ने मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

    अधिक मादक पदार्थ सेवन गरेर फर्कने क्रममा घटना भएको उनले जानकारी दिए । परिवारका सदस्यहरुसँग बुझदा त्यस्तो कुनै खालको समस्या नरहेको बताएको प्रहरीले जनाएको छ । शवलाई हेटौंडा अस्पतालमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...