News Portal

पुर्वाञ्चलमा आज कोरोना संक्रमित ५६९ जना थपिए, संक्रमितको संख्या २० हजार पुग्न लाग्यो

हिमालीसंचार संवाददाता
४०८ पटक

विराटनगर – पुर्वाञ्चल प्रदेश नं. १ अन्तर्गत आज  कोरोना संक्रमित ५६९ जना थपिए, कोरोना संक्रमित संख्या १८,९५३ पुगेको छ। आज मोरङ २५३, झापा १४३, सुनसरी ११२, उदयपुर १२, इलाम ११, धनकुटा ४, भोजपुर ३, सोलुखुम्बु २, पाँचथर, खोटाङ र तेह्रथुममा १–१ गरी प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ। संक्रमित पुष्टि भएका ६१ महिला र ८६ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचा २०, पथरीशनिश्चरे १८, कटहरी ९, सुनबर्षी ८, ग्रामथान ७, बुढीगंगा र उर्लाबारी ६–६, धनपालथान र बेलबारी ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारी ४–४ र रतुवामाई २ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

झापाको दमक ७५, बिर्तामोड १५, गौरादह १०, कमल गाउँपालिका ९, कनकाईमा ६, भद्रपुर ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारा ४–४, शिवसताक्षी र हल्दिबारी ३–३, बाह्रदशी २, गौरीगञ्ज र झापा गाउँपालिका १–१ र स्थानीय तह नखुलेका १ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो।

सुनसरीको इटहरी ३९, धरान ३६, इनरुवा ११, बराहक्षेत्र ८, रामधुनी ४, भोक्राहानरसिंह ३, दुहबी, गढी, बर्जु र देवानगञ्ज २–२, कोशी गाउँपालिका १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको  उल्लेख गरेको हो।

उदयपुरको त्रियुगा ९, बेलका २ र स्थानीय तह नखुलेको १, इलामको इलाम नगरपालिका ६, फाकफोकथुम ५, धनकुटाको धनकुटा नगरपालिका ३ र शहिदभूमी १, भोजपुर ३, सोलुखुम्बुको सोलुदुधकुण्ड २, पाँचथरको फिदिम, खोटाङको दिप्रुङ चुईचुम्मा र तेह्रथुमको म्याङ्लुङमा १–१ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ भरी कोरोना संक्रमितको संख्या १८ हजार ९५३ पुगेको मन्त्रालयले जनाएको हो। 

प्रदेश १ अन्तर्गत आज ६१९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसन ५९५, मेची अस्पताल १३, न्युरो अस्पताल ८ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार ७९८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ५८ हजार ९४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...