सांसद लिङ्देन गृह जिल्ला झापाका अस्पतालहरुको अनुगमनमा निस्किए

झापा – झापा जिल्लाबाट प्रतिनिधिसभाम अन्तर्गत राप्रपा पार्टीको प्रतिनिधित्व गरिरहेका सांसद राजेन्द्र लिङदेनले झापा जिल्लाका विभिन्न चार वटा स्थानीय अस्पतालहरूको अनुगमन गरेका छन्।
आज झापास्थित भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पताल, भद्रपुरकै ओम साई पाथीभरा अस्पताल, बिर्तामोडस्थित मनमोहन, बि एन्ड सी अस्पतालको अनुगमन गरेका हुन्।
जिल्लाका स्थानीय नेता, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थितिमा सांसद लिङ्देनले जिल्लाका विभिन्न अस्पतालहरूको अनुगमन गरेका हुन्।
पछिल्लो समय झापा जिल्लाका कोभिड १९ को बहानामा झापाका अस्पतालहरूले सामान्य रोगका बिरामीलाई समेत भर्ना लिन नमान्ने परिपाटी बढ्न थालेपछि सांसद लिङ्देनले सामाजिक सञ्जालमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका थिए। बिरामीले उपचार नपाएर ज्यान नै गुमाउनु पर्ने अवस्था आउँदासम्म अस्पतालहरूले न्यूनतम मानवीय संवेदनासमेत देखाउन छाडेको भन्दै सांसद लिङ्देन अनुगमनमा निस्किने योजना बनाएका थिए ।
सांसद लिङदेनले अनुगमनमा निस्किने कुरा केही समय अघि सामाजिक सञ्जालमै सार्वजनिक गरेका थिए। आफ्नो अनुगमनमा सहभागिता जनाउनका लागि झापाली नागरिकहरुलाईपनि आह्वान समेत गरेका थिए।











