News Portal

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थप ब्याबस्थित गरी सेवा विस्तार गर्ने

हिमालीसंचार संवाददाता
३०१ पटक

धरान – धरानको वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा कोभिड अस्पताल थप ब्याबस्थित गर्न भेन्टिल्न्टर र अक्सिजन बेड सहितको सेवा विस्तार गर्ने भएको छ।

धरानको वीपी अस्पतालमा थप १० वटा भेन्टिलेटर, १० वटा नन इन्भेसिभ भेन्टिलेटर एनआइभि, ८ वटा हाइ फ्लो न्याजल क्यानुला एचएफएनसी थपिने तयारी भएको छ। यस्तै, २५ वटा हाइ डिपेन्डेन्सि युनिट एचडियु साथै अक्सिजन पोर्ट सहित ४० बेड क्षमता विस्तार गर्ने भएको छ। कोभिड अस्पतालको हरेक बेडमा अक्सिजन पोर्ट जडान कार्य भइरहेको र दुई दिन भित्र जडान कार्य सम्पन्न हुने भएको हो। 

 कोभिडको विरामीको लडाइमा दक्षिण एसियाकै नमुना स्वास्थ्य संस्था वीपी प्रतिष्ठानले सबै तहबाट विरामीको सेवा र उपचारका लागि क्रमागत रूपमा अगाडी बढिरहेको छ। प्रकृया पुर्याएर काम गर्दा केही ढिलाई पक्कै पनि भएको हो तर कोभिड तथा ननकोभिड विरामीको उपचारका लागि सबै सेवा दिने भएको हो। प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले बताएका छन्।

 वीपीको ल्याबमा हालसम्म करिब ६३ हजार बढीको स्वाब परीक्षण गरेको छ । कोभिड अस्पताल संचालनमा आएपछी छोटो समयमा नै धरानको मात्र नभएर प्रदेश १ र बाहिरको गरी करीब १ हजार बढी कोरोना संक्रमितलाई भर्ना गरी उपचार गरेको छ । हालसम्म सबै परीक्षण तथा उपचार निशुल्क गरीएकोमा अब भने नेपाल सरकार स्वास्थ मन्त्रालयको निर्देशन अनुसार शुल्क लिइने भएको छ।

प्रतिकृया दिनुहोस्

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...