आज : २०२६-०६-२६, शुक्रबार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थप ब्याबस्थित गरी सेवा विस्तार गर्ने

धरान – धरानको वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा कोभिड अस्पताल थप ब्याबस्थित गर्न भेन्टिल्न्टर र अक्सिजन बेड सहितको सेवा विस्तार गर्ने भएको छ।

धरानको वीपी अस्पतालमा थप १० वटा भेन्टिलेटर, १० वटा नन इन्भेसिभ भेन्टिलेटर एनआइभि, ८ वटा हाइ फ्लो न्याजल क्यानुला एचएफएनसी थपिने तयारी भएको छ। यस्तै, २५ वटा हाइ डिपेन्डेन्सि युनिट एचडियु साथै अक्सिजन पोर्ट सहित ४० बेड क्षमता विस्तार गर्ने भएको छ। कोभिड अस्पतालको हरेक बेडमा अक्सिजन पोर्ट जडान कार्य भइरहेको र दुई दिन भित्र जडान कार्य सम्पन्न हुने भएको हो। 

 कोभिडको विरामीको लडाइमा दक्षिण एसियाकै नमुना स्वास्थ्य संस्था वीपी प्रतिष्ठानले सबै तहबाट विरामीको सेवा र उपचारका लागि क्रमागत रूपमा अगाडी बढिरहेको छ। प्रकृया पुर्याएर काम गर्दा केही ढिलाई पक्कै पनि भएको हो तर कोभिड तथा ननकोभिड विरामीको उपचारका लागि सबै सेवा दिने भएको हो। प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले बताएका छन्।

 वीपीको ल्याबमा हालसम्म करिब ६३ हजार बढीको स्वाब परीक्षण गरेको छ । कोभिड अस्पताल संचालनमा आएपछी छोटो समयमा नै धरानको मात्र नभएर प्रदेश १ र बाहिरको गरी करीब १ हजार बढी कोरोना संक्रमितलाई भर्ना गरी उपचार गरेको छ । हालसम्म सबै परीक्षण तथा उपचार निशुल्क गरीएकोमा अब भने नेपाल सरकार स्वास्थ मन्त्रालयको निर्देशन अनुसार शुल्क लिइने भएको छ।