News Portal

सहायक निरीक्षक चन्द कुशे गाउँपालिकाको आशा र भरोसाका पात्र

हिमालीसंचार संवाददाता
११६९ पटक

जाजरकोट – जाजरकोट जिल्लाको अति दुर्गम मानिएको कुशे गाउँपालिकामा सुशासन कायम राख्न आशा र भरोसाको रुपमा सहायक प्रहरी निरीक्षक गंगा बहादुर चन्द करिब एक महिने कार्यकालमा आशा र भरोसाको किरणहरु छरपस्ट भएका छन।

मुस्कानसहितको प्रहरी सेवा दिन पहिला प्रहरीको अनुहारमा मुस्कान छाउनुपर्ने हुन्छ अनि मात्र प्रहरीले दिने सेवा गुणस्तर हुन्छ भन्ने मान्यता बोकेका सहायक निरीक्षक चन्दले एक महिने कार्यकालमा प्रहरीमा मुस्कान ल्याउने विभिन्न योजना बनाइ स्थानिय सरकारसंग आबश्यक सहयोग मागी कामको थालनीसमेत गरेको एक स्थानिय अगुवाले बताए।

समाजमा बिकृतीको रुपमा रहेको अबैध मदिरा, जुवा तासलाई नैतिक शिक्षाको माध्यमबाट नियन्त्रणको प्रयास थालेको तथा नैतिक शिक्षाबाटै समाजमा घट्ने विभिन्न अपराधमा कमि आएको, दशै जस्तो ठूलो पर्वमा कुनै अप्रिय घटनासमेत नघटेको शिबलाल रानाले बताए।

समाजमा शान्ती सुरुक्षा कायम राख्न जनतासंग हाम्रो अनुरोध जस्ता ज्यादै महत्वपुर्ण कार्यक्रम लिइ कुशेका विभिन्न टोल, बस्तीहरुमासमेत पुगि जनतासंग प्रत्यक्ष भलाकुसारी गर्ने गरेकै कारण यस्तो प्रहरी अधिकारी अहिलेसम्म कुशेले नपाएकोसमेत भन्ने जमात बाक्लै भेटिने गरेको छ।

सहायक निरीक्षक चन्दको शान्ती सुरक्षा कायम राख्न तथा प्रहरीको मुहारमा मुस्कान ल्याउने कार्यमा हरदम सहयोग गर्न स्थानीय सरकार सदैब लागि रहने वचनसमेत दिएका छन।

यो पनि पढ्नुहोस्।

एउटा सिपाहीको दिन चर्या

प्रतिकृया दिनुहोस्

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...