News Portal

यसरी सर्लक्क उचालेर सारियाे चीनमा ५ तले पक्की भवन !

हिमालीसंचार संवाददाता
५४७ पटक

एजेन्सी – चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेर दुनियाँलाई आश्चर्यमा पारिदिएका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको सांघाई सहरस्थित ५ तले भवनलाई इन्जिनियरकाे एक टाेलीले प्रविधिको प्रयोग गरी ६२ मिटर पर सारेका हुन्।

उनीहरूले सन् १९३५ मा बनेको लागेना प्राथमिक विद्यालको ७ हजार ६ सय टन वजनको भवनलाई प्रविधिको सहयोगमा उठाई १९८ रोबोटका खुट्टाका मद्दतले सुरक्षित रूपमा अर्काे ठाउँमा सारेका हुन्।

स्थानीय प्रशासनका अनुसार नजिकै नयाँ आयोजना सुरु गरिएकाले त्यस भवनलाई केही टाढा लगिएको हो। चीनको सरकारी सञ्चारमध्यम सीसीटीभी न्युज नेटवर्कका अनुसार भवन सार्ने काम १८ दिनमा यही अक्टोबर १५ तारिख पूरा भएको हो।

भवन सारिएको भिडियो चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...