गृह मन्त्रालयले सय जना कर्मचारी माँग (सूचनासहित)

काठमाण्डौ – गृह मन्त्रालयले १ सय जना कर्मचारीको माग गरेको छ । गृह मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय जना कर्मचारी मागेको हो ।
मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो।
दरखास्त दिनेको योग्यता ‘प्लस टु’ पास गरेको हुनुपर्ने आवेदन दिन पैसा लाग्दैन । इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न आह्वान गरेको छ। लिखित परीक्षा भने मंसिर १३ गते हुने मन्त्रालयले जनाएको छ।
उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख गरेका छन्। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गर्ने विभागद्धारा जारी सूचनामा उल्लेख गरेका छन् । 


















