News Portal

बारामा कपडा उद्योगमा आगलागी

हिमालीसंचार संवाददाता
२९३ पटक

काठमाडौं– बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ ।जितपुरसिमरा उपमहानगरपालिका– ९ को उक्त कपडा बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

दिउँसो पौने ३ बजे सुरु भएको आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३: २५ मा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा आगो सल्किएर उद्योगभर फैलिएको प्रहरीको भनाइ छ ।आगलागीमा उद्योगमै काम गर्ने भारतीय नागरिक २३ वर्षका सतिषकुमार महतो घाइते भएका छन् । दायाँ हात र अनुहारमा आगोले पोलेको उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...