News Portal

  • कोरोना संक्रमणमा  मन्त्रीको दशैंः मन्त्री केसीद्धारा आश्रममा टिका

    हिमालीसंचार संवाददाता
    ३३८ पटक

    सुर्खेत, -देशैमा कोरोना संक्रमण तीव्र भएको समयमा हिन्दुहरुको महान पर्व दशैं आएर सकिएको छ। आफूभन्दा ठूलाबाट टीका थाप्ने र आर्शिवाद माग्ने पर्वको रुपमा स्थापित दशैं यो वर्ष फरक तरिकाले मनाइएको छ। सकेसम्म सानो समूहमा दशैं मनाइएको छ भने अधिकांश नागरिक जहाँ छन त्यहिँ दशैं मनाउन बाध्य भएका छन् ।

    कर्णाल प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा रहेका ४० जना वृद्धवृद्धालाई टीका लगाइदिएर दशैं मनाएकी हुन । दशैं मनाउन घर जान पाइएन । यहाँ रहेका वृद्ध वुवाआमाबाटै आर्शिवाद थाप्नका लागि म यहाँ आएकी हुँ ।

    मन्त्री केसीले भनिन्, यहाँका आमा बुवाबाट धेरै माया पाएँ । दशैं जस्तो महान पर्वमा वुवा आमासँग मनाउन पाउनु मेरोलागि अहोभाग्य हो । मन्त्री केसीले आश्रममा जाँदा टिका, जमरा, मिठाई र नगद रकम लिएर गएकी थिईन । मानवसेवा आश्रममा पछिल्लो समयमा मन्त्रालयले दुइ वटा तरकारी खे ितगर्नका लागि टनेल समेत निर्माण गरेको छ । तरकारी हामी पहिले किन्न जानुपर्ने अवस्था थियो ।

    सरकारले दुइ टनेल निर्माण गरिदिएका कारण अब हामीलाई सहज हुनेछ । मानव सेवा आश्रममा स्वंयसेवा गर्दै आइरहेकी सिर्जना वलीले भनिन्, प्रदेश सरकार मानव सेवा प्रति असाध्यै इमान्दार छ । हामीले अभिभावकको रुपमा सरकारलाई लिएका छौं । मुख्यमन्त्रीको दशैं काठमाडौंमा, मन्त्री गृह जिल्लामा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौंमा दशैं मनाएका छन् भने सामाजिक विकास मन्त्री दल रावलले हुम्लामा र उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले डोल्पामा दशैं मनाएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३० गतेको राशिफल

    आज साउन ३०, २०८२ (अगस्त १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धरहरा टपरी ममलाई २ लाख जरिवाना, ममभित्र धातुको औंठी फेला

    काठमाडौं, साउन २९ – काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको...

    दैलेखमा १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको सनसनीपूर्ण घटना, दुई जना पक्राउ

    दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका...

    कुलिङ पिरियड विवाद : राप्रपा प्रश्न गर्दै – सभापतिको राजीनामा पर्याप्त छ कि?

    काठमाडौं, साउन २९ – प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले संसदीय विषयगत समितिका...

    पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

    काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने...