
कुवेतसिटी – कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँटी थिचेर हत्या गरेका छन्। बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको शव भेटिएपछि कुवेत प्रहरीले अनुशन्धान गर्दा उनको एक भारतीय युवकले हत्या गरेको ठहरिएको छ।
कुवेतको प्रहरीले ती भारतीय युवकलाई पक्राउ गरि सोधपुछ गर्दा ती महिला आफ्नो प्रेमिका भएको र अर्कै केटासँग हिडेको देखेपछि हत्या गरेको बताएका छन्।
अरबटाइम्सका अनुसार घटनाको छानविन प्यारामेडिकल टिम र स्थानीय प्रहरीको टोलीको अनूशन्धानबाट उक्त तथ्य पत्ता लगाइएको हो। यद्यपि, प्रहरीले अहिलेसम्म दुवैजनाको परिचय भने खुलाएको छैन।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
