News Portal

गायक बसन्त लम्सालको “सकिँदैन देश भुल्न” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४८९ पटक

काठमाण्डौ – नेपाली सागीतिक क्षेत्रका हस्ति करिब तीन दशक पहिले नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका बसन्त लम्साललाई अझैपनि संगीतको धङधङीले छोडेको छैन। गायक लम्सालले “सकिदैन देश भुल्न..।!” बोलको गीत ८८४८ पिक्चर्स युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

विक्रम सम्बत २०४९ सालतिर रमेश “क्षितिज”को रचना र नारायण रायमाझीको संगीतमा पहिलो पटक “छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो” बोलको आधुनिक गीत रेडियो नेपालमा रेकर्ड गराउदै गायन क्षेत्रमा प्रवेश गरेका गायक बसन्त लम्सालले अझैंपनि संगीतलाई मायाँ मार्न सकेका छैनन्। 

गायक,संगीतकार तथा गीतकार बसन्त लम्सालले नेपाली सागीतिक क्षेत्रमा “दोबाटोमा, एल्बममा समेटिएका गीतहरुमध्ये “छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो” र ”सानो होला मेरो घर, मेरा लागि संसार हो” बोलको राष्ट्रिय गीतलाई श्रोताहरुले निकै मन पराएका थिए। 

गायक बसन्त लम्सालले विस २०६३ सालतिर अध्ययनको क्रममा विदेशीएका गायकले अन्तत: “देश छोडे, तर संगीत छोड्न सकेनन! यस बिचमा विदेशी भूमिबाटै पनि आफ्नो उपस्थितीलाई कुनै न कुनै रुपमा उनले निरन्तरता दिइ रहेका छन्।

गायक लम्सालले पछिल्लो  समयमा आफ्नै शब्द र संगीतमा अन्जु पन्तको आवाजमा रेकर्ड गरेका “धरतिमा आएँ एकलै, कर्म ग्याल्छेनको स्वरमा रेकर्ड गरिएको “भन्छौ रे देश छोडेर जाने” र उनी आफैले गाएको”सम्भावना भए गाउँमै गरी केही खाने”  गीत निकै मार्मिक र स्तरीय रहेका छन।

नेपालीहरुको महान चाड बडा दशैको अवसरमा सार्वजनिक गीत मार्फत गाउधरको याद, सम्झना र स्वदेशको माया गीत मार्फत प्रस्तुत गरिएको गीत उत्कृष्ट रहेको छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...