News Portal

आश्‍विन शुक्ल नवमीका दिनमा श्री वनकाली देवी मन्दिरमा पूजा आरधना सम्पन्न

हिमालीसंचार संवाददाता
३६० पटक

सिन्धुपाल्चोक – सिन्धपाल्चोक जिल्लाको उत्तरीभेग जुगल गाउँपालिका वडा नं-६, स्थित जुगलको महत्त्व झल्काउने श्री वनकाली देवीमा आज  पुजा आराधना गरिएको छ।

स्थानीय युवा दुर्गा श्रेष्ठका अनुसार शक्तिपीठमा पुजा गर्नाले मनोकांक्ष पुरा हुने जनविश्वास रहेको छ। कोरोना कहरकावीच पनि  सिन्धुपाल्चोक जुगल स्थित महानवमी अर्थात् विजया दशमीको अघिल्लो दिन   वनकाली मन्दिरमा पुजा आराधना गरिएको हो। 

स्थानिय  गाउँलेहरुले आज आश्‍विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा पनि हर्षोल्लासका साथ वनकाली देवी भवानीको पूजा आराधना गरी मनाइँदै छ। वनकाली मन्दिरमा बलि दिने प्रचलन समेत रहेको स्थानिय समाजसेवी होम नारायण श्रेष्ठले बताए ।

महानवमीका दिनमा दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज वनकालीदेवीको मन्दिरमा चढाउने परम्परा रहेको छ। दसैँघर र कोतलगायत विभिन्‍न देवीका मन्दिर तथा शक्तिपीठहरुमा पाठी, नरिवल, हास र कुखुराको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरिएको हो। आजको दिनमा दुर्गा सप्तशतीको स्तोत्र पाठ गर्ने चलन समेत रहेको छ। 

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...