News Portal

आश्‍विन शुक्ल नवमीका दिनमा श्री वनकाली देवी मन्दिरमा पूजा आरधना सम्पन्न

हिमालीसंचार संवाददाता
३८१ पटक

सिन्धुपाल्चोक – सिन्धपाल्चोक जिल्लाको उत्तरीभेग जुगल गाउँपालिका वडा नं-६, स्थित जुगलको महत्त्व झल्काउने श्री वनकाली देवीमा आज  पुजा आराधना गरिएको छ।

स्थानीय युवा दुर्गा श्रेष्ठका अनुसार शक्तिपीठमा पुजा गर्नाले मनोकांक्ष पुरा हुने जनविश्वास रहेको छ। कोरोना कहरकावीच पनि  सिन्धुपाल्चोक जुगल स्थित महानवमी अर्थात् विजया दशमीको अघिल्लो दिन   वनकाली मन्दिरमा पुजा आराधना गरिएको हो। 

स्थानिय  गाउँलेहरुले आज आश्‍विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा पनि हर्षोल्लासका साथ वनकाली देवी भवानीको पूजा आराधना गरी मनाइँदै छ। वनकाली मन्दिरमा बलि दिने प्रचलन समेत रहेको स्थानिय समाजसेवी होम नारायण श्रेष्ठले बताए ।

महानवमीका दिनमा दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज वनकालीदेवीको मन्दिरमा चढाउने परम्परा रहेको छ। दसैँघर र कोतलगायत विभिन्‍न देवीका मन्दिर तथा शक्तिपीठहरुमा पाठी, नरिवल, हास र कुखुराको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरिएको हो। आजको दिनमा दुर्गा सप्तशतीको स्तोत्र पाठ गर्ने चलन समेत रहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...