News Portal

  • सामसुङ ग्रुपका अध्यक्ष लि कून हीको निधन

    हिमालीसंचार संवाददाता
    ३३३ पटक

    एजेन्सी – दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स ग्रूपका अध्यक्ष लि कून-हीको निधन भएको छ। ७८ वर्षीय लि कून-हीको सोलस्थित आफ्नै घरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    मुटुरोगी समेत रहेका उनी उपचाररत थिए। अध्यक्ष लि कून-ही दक्षिण कोरियाको सर्वाधिक धनाढ्य व्यक्तिमध्ये एक हुन्। उनको ७ अर्ब ९० करोड अमेरिकी डलरको व्यक्तिगत सम्पत्ति रहेको छ।

    यस्तै, उनी विश्वकै सर्वाधिक सफल व्यावसायिकमध्ये एक हुन्। सामसुङ ग्रुपको स्थापना सन् १९३८ मा भएको थियो। सुकाएको माछा व्यापारका साथ सुरु भएको सामसुङ ग्रुप अहिले इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेशन, निर्माण, वित्तीय र पानीजहाज निर्माताको रूपमा परिचित छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...

    स्पष्ट आधारबिना कम्युनिस्ट एकता सम्भव छैन : अध्यक्ष माधव नेपाल

    काठमाडौं, कात्तिक १२ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए...

    निर्वाचन रोक्ने आदेशले देश ठप्प हुने चेतावनी : न्यायाधीश रेग्मी

    काठमाडौं, कार्तिक १२ – प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि...

    आज २०८२ साल कार्तिक १२ गतेको राशिफल

    आज कार्तिक १२, २०८२ (अक्टोबर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...