News Portal

सोमवार बिहान १० बजेर १९ मिनेटमा टीकाको शुभ साइत

हिमालीसंचार संवाददाता
६८३ पटक

काठमाडौं – यसवर्ष वडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमवार बिहान १० बजेर १९ मिनेटमा उत्तम रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा छ।

गृहमन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमासमेत सोही समय जनाइएको छ। वडादशै अन्तर्गत आज महाअष्टमी। आजका दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्।

आज बेलुकी कालरात्रि मनाइन्छ। भोलि कात्तिक ९ गते आइतबार महानवमी पर्व हो। यस दिन शक्तिपीठमा पूजा आराधना गरिन्छ। वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।

कात्तिक १० गते भने दशैको प्रमूखदिन हो, विजयादशमी अर्थात् मान्यजनबाट टीका/जमरा लगाई आशीर्वाद ग्रहण गर्ने गरिन्छ तर, कारणवश भनेकै साइतमा टीका लगाउन नसक्नेले भने त्याे दिनभर नै टीका लगाउनु शुभ मानिने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...