आज : २०२६-०६-२६, शुक्रबार

मोरङको गेउरिया पुल निर्माण कार्य शुरु, चैत्र महिनासम्म सम्पन हुने

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२, स्थित गेउरीया पुल निर्माण कार्य शुरु भएको छ । 

विगत ६ बर्षदेखि निर्माण हुन नसकेको खबर एक महिना अगाडी विभिन्न अनलाइन खबर मार्फत सडक डिभिजन कार्यलय मोरङका प्रमुख पशुपति ज्ञवालीले उक्त पुल निर्माण गर्नका लागि  फिचर एण्ड सराउद्धिन जेविलाई कडा निर्देशन दिने गरेर काम शुरु नगरेमा उक्त कम्पनीलाई कालो सुचीमा राख्ने समेत चेतावनी दिए पछि  अहिले   उक्त पुलको निर्माणकार्य सुरु भएको छ।

२०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १५ मिटर लम्बाई पुल निर्माण गर्ने  १ करोड १८ लाख रुपैयाँमा पुल निर्माणकार्यका लागि  ठेक्का पाएको थियो । सराउद्विन जेविका प्रमुख सराउद्घिन अनसारीका अनुसार चैत्र महिना सम्म पुलको सम्पूर्ण काम सम्पन्न गर्ने गरी बैशाख महिनादेखि सो पुल संचालनमा आउने बताए ।

दैनिकी उक्त सडकबाट सयौं सवारीसाधनहरु आवतजावत गर्ने  भएकाले स्थानीय खुशिले हर्षित समेत  भएका छन ।  स्थानीय पुन्य प्रसाद रिमालले भने अब चाहिँ पुल बन्ने आसा बढेको, चाडै काम सम्पन्न भए यस भेगका स्थानीयले वर्षा याममा सहज हुने विश्वास समेत लिएका छन ।