News Portal

वीपी पार्किङबाट मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ, अर्को फरार

हिमालीसंचार संवाददाता
३४४ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पार्किङबाट थुप्रै मोटरसाइकलहरु हराउने गर्छ । ती मध्ये केही मोटरसाइकल फेला परे पनि चोर हत्तपत्त पक्राउ पर्दैनन् । आज विहान मोटरसाइकल चोरी गरेर लादै गर्दा एक व्यक्ति पक्राउ परेको छ।

प्रतिष्ठानस्थित सेक्युरिटी इञ्चार्ज धनबहादुर राईका अनुसार उदयपुरको ठोक्सिला घर भएपनि धरान ११ बस्दै आएका हरिप्रसाद निरौला रंगेहात समातिएका हुन् । उनीसँगै रहेका धरान १६ का सुदिप दाहाल भने चाबी ल्याउने बहानामा फरार भएको इञ्चार्ज राईले बताए । 

उनीहरुले प्रतिष्ठानको गाइनो र पेडियाट्रिक पार्किङबाट मोटरसाइकल डोर्याउदै लगिरहेको देखेपछि शंका लागेर सोधपुछ गर्दा तेल सकिएको भनेर जवाफ दिएका थिए । त्यसपछि शंका लागेर सेक्युरिटीले आफ्नो अफिस लगेर सोधपुछ गर्दा चोरी गरेको स्वीकार गरेका थिए । ‘गाइनो पार्किङबाट डोर्याउदै लगिरहेको थियो, सोध्दा तेल सकियो भने । तर अफिस ल्याएर केरकार गर्दा चोरेको थाह भइहाल्यो,’इञ्चार्ज राईले भने ।

पक्राउ परेका निरौलासँगै भएका व्यक्ति भने शुरुमा नै चाबी लिन जान्छु भनेर गएका थिए । उनी फर्केर नआएको र खोजी गर्दा पनि नभेटिएको इञ्चार्ज राईले जानकारी दिए । उनीहरुले को २५ प ३५५६ नम्बरको मोटरसाइकल चोरी गरेर लैजादै थिए ।

मोटरसाइकल धरान १७ का लक्ष्मण खनालको भएको खुलेको छ । सेक्युरिटीले पक्राउ परेकाको पनि मोटरसाइकलसहित २ वटा मोटरसाइकललाई पनि प्रहरीमा बुझाएको छ । पक्राउ परेकाको साथबाट भारतको वर्कसपको भिजिटिङ कार्ड पनि भेटिएकोले उनीहरुले चोरीको मोटरसाइकल भारतमा बेच्ने गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...