News Portal

लेबनानका पूर्वप्रधानमन्त्री हरीरी फेरि प्रधानमन्त्रीमा निर्वाचित

हिमालीसंचार संवाददाता
४२८ पटक

एजेन्सी – लेबनानका पूर्वप्रधानमन्त्री साद हरीरी पुन: प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका थिए। निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरमा राजीनामा दिएकाले हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन्।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ। संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए। ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो। त्यसपछि उनले सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिएका थिए। त्यसबेला सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका थिए।

मुलुकलाई आर्थिक संकटमा पुर्‍याएको आरोपमा त्यसबेला उनको नेतृत्वको सरकारविरूद्ध प्रदर्शन भएको थियो। गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो तर, उनी धेरै समय टिक्न सकेनन्। गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर २ सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उनले राजीनामा दिएका थिए।

नवनिर्वाचित प्रधानमन्त्री हरीरी सन् २००९ देखि २०११ सम्म पहिलो पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरेका थिए। उनी देशका पूर्व प्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हुन्। पूर्वप्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...