News Portal

कर्णाली प्रदेशका सबै जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा

हिमालीसंचार संवाददाता
३८९ पटक

वीरेन्द्रनगर – कर्णाली प्रदेशका सबै जिल्लामा आईसीयू र भेन्टिलेटर पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले बताएको छ। निर्देशनालयले बिहीबार एक कार्यक्रमको आयोजना गरेर सबै जिल्लामा आईसीयू र भेन्टिलेटर पुर्याएको दाबी गरेको छ।

निर्देशनालयका नवनियुक्त निर्देशक रविन खड्काले स्वास्थ्यस्तर सुधार गर्दै सबै जिल्लामा यी सेवा विस्तार गरिएको बताउनुभयो। यसअघि कर्णालीका डोल्पाबाहेक सबै जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा विस्तार गरि सकिएको थियो।

कोरोना भाइरससँग लड्ने क्रममा पछिल्लो ७ महिनामा कर्णाली प्रदेश सरकारले स्वास्थ्य संरचनामा सुधार गरेकै कारण सबै जिल्लामा सेवा विस्तात गर्न सफल भएको उहाँले बताउनुभयो। कर्णालीमा अहिले आईसीयूको संख्या ६२ पुर्याएको छ भने, भेन्टिलेटर २६ पुगेको निर्देशक खड्काले बताउनुभयो।

उहाँले कोरोना संक्रमणदर लकडाउनको समयमा ३ प्रतिशतसम्म झरेकोमा अहिले परिक्षण गरिएकोमा १३ प्रतिशतसम्म संक्रमण देखिएको उल्लेख गर्नुभयो। कर्णालीमा अहिले १३ सयको हारहारीमा संक्रिय संक्रमित रहेकोमा १६ जना आईसीयूमा उपचार भईरहेको भन्दै भेन्टिलेटरमा एकजना पनि नरहेको जिकिर गर्नुभयो।

अहिलेकै दरमा संक्रमणको दर बढ्दै गए आगामी दिनमा कोरोना संक्रमितलाई अस्पतालमा व्यवस्थापन गर्न कठिन हुने उहाँको भनाई छ। चार्डपर्वको समयमा धेरै भिड्भाड हुने भएकाले सरकारले तोकेको मापदण्डलाई पालना गरेर मात्र दशै मनाउन सबैमा आग्रह गर्नुभयो।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...