News Portal

कर्णाली प्रदेशका सबै जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा

हिमालीसंचार संवाददाता
४३५ पटक

वीरेन्द्रनगर – कर्णाली प्रदेशका सबै जिल्लामा आईसीयू र भेन्टिलेटर पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले बताएको छ। निर्देशनालयले बिहीबार एक कार्यक्रमको आयोजना गरेर सबै जिल्लामा आईसीयू र भेन्टिलेटर पुर्याएको दाबी गरेको छ।

निर्देशनालयका नवनियुक्त निर्देशक रविन खड्काले स्वास्थ्यस्तर सुधार गर्दै सबै जिल्लामा यी सेवा विस्तार गरिएको बताउनुभयो। यसअघि कर्णालीका डोल्पाबाहेक सबै जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा विस्तार गरि सकिएको थियो।

कोरोना भाइरससँग लड्ने क्रममा पछिल्लो ७ महिनामा कर्णाली प्रदेश सरकारले स्वास्थ्य संरचनामा सुधार गरेकै कारण सबै जिल्लामा सेवा विस्तात गर्न सफल भएको उहाँले बताउनुभयो। कर्णालीमा अहिले आईसीयूको संख्या ६२ पुर्याएको छ भने, भेन्टिलेटर २६ पुगेको निर्देशक खड्काले बताउनुभयो।

उहाँले कोरोना संक्रमणदर लकडाउनको समयमा ३ प्रतिशतसम्म झरेकोमा अहिले परिक्षण गरिएकोमा १३ प्रतिशतसम्म संक्रमण देखिएको उल्लेख गर्नुभयो। कर्णालीमा अहिले १३ सयको हारहारीमा संक्रिय संक्रमित रहेकोमा १६ जना आईसीयूमा उपचार भईरहेको भन्दै भेन्टिलेटरमा एकजना पनि नरहेको जिकिर गर्नुभयो।

अहिलेकै दरमा संक्रमणको दर बढ्दै गए आगामी दिनमा कोरोना संक्रमितलाई अस्पतालमा व्यवस्थापन गर्न कठिन हुने उहाँको भनाई छ। चार्डपर्वको समयमा धेरै भिड्भाड हुने भएकाले सरकारले तोकेको मापदण्डलाई पालना गरेर मात्र दशै मनाउन सबैमा आग्रह गर्नुभयो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...