News Portal

वीपी प्रतिष्ठान धरानमा उपचारका लागि शुल्क निर्धारण, पिसिआर शुल्क पनि तोकियो

हिमालीसंचार संवाददाता
४१४ पटक

धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमित बिरामीको लागि धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरी शङ्कर शाहले एक सूचना जारी गरी नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन तथा विपत् व्यवस्थापन इकाई, काठमाडौबाट निर्णय भए अनुसार प्रतिष्ठानले पनि यस्तो निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन भए अनुसार प्रतिष्ठानमा कोभिड १९ को लागि गरिने उपचार सेवा, पिसिआर परीक्षण सम्बन्धमा आउँदो कार्तिक ९ गते आइतवारदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना संक्रमितलाई ४ भागमा वर्गीकरण गर्दै छुट्टाछुट्टै धरौटी राख्नुपर्ने सूचनामा जारी गरेको हो। 

कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना हुनु अगावै धरौटी बुझाउनुपर्ने छ। प्रतिष्ठानका अनुसार कुनै लक्षण नभएका संक्रमितका लागि ७ हजार धरौटी, प्रतिदिन २ हजार शुल्क, कोरोना जस्तो हल्का लक्षण भएकाले १२ हजार धरौटी, प्रतिदिन ३५ सय शुल्क, मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी र प्रतिदिन शुल्क ७ हजार ५ सय तिर्नु पर्ने उल्लेख गरिएको छ। त्यस्तै, गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी बुझाउनुपर्ने भएको छ भने प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख छ ।

आर्थिकरुपले विपन्न, अशक्त, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकहरुहरुलाई लक्षण देखिएमा सिफारिस तथा परिचय पत्रको अधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने प्रतिष्ठानले जनाएको छ । अन्य सबैलाई २२ सय रुपैयाँ पिसिआर शुल्क लाग्ने छ ।

यसैगरी लक्षण नभएमा वा हराएमा संक्रमित बिरामीहरूलाई १४ दिनमा डिस्चार्ज गर्ने गरिएकोमा अब उप्रान्त पछिल्लो ३ दिनमा चिन्ह वा लक्षण नदेखिएमा १० दिनमा डिस्चार्ज गर्ने । त्यस पश्चात् बिरामीले ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने छ । समेत उल्लेख गरेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...