News Portal

जाजरकोटमा अवैध मेडिकलमा उपचारको क्रममा महिलाको मृत्यु

हिमाली संचार संवाददाता
८३६ पटक

भीमबहादुर सिंह/जाजरकोट – छेडागाड नगरपालिका–५, थलहबजारस्थित मेडिकलमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ । थलह बजारको जयलक्ष्मी मेडिको फर्ममा छेडागाड–१०, नल्फुकी ३८ वर्षीया पन्चकलानाथ योगीको सामान्य ज्वरोको उपचारका क्रममा मृत्यु भएको हो ।

मेडिकल संचालक तिलक बोहराको लापरवाहीले ज्यान गएको आफन्तको आरोप छ ।

योगीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले मेडिकल संचालक बोहरालाई कारवाही तथा क्षतिपूर्तिको माग गर्दै प्रर्दशन गरेका छन् । घटनापछि प्रहरीले सल्यान घर भइ थलहबजारमा मेडिकल सञ्चालन गर्दै आएका बोहोरालाई शुक्रबार नै पक्राउ गरेको छ । उपचारमा लापरवाही गरेर आमाको ज्यान गएको छोरा किशोरले दाबी गरे ।

‘आमालाई ज्वरो आएको र सामान्य छाती दुख्ने समस्या भएपछि बिहीबार थलबजारको उक्त मेडिकल ल्याएका थियौं । मेडिकल संचालक बोहराले जाँच गरेपछि ३ वटा सुई लगाईदिए, औषधि खान दिए । अब घरमा लैजानुहोस्, ठिक भैहाल्छ भनेर भनेपछि घर लैजाने क्रममा बाटोमै आमाको मृत्यु भयो,’ उनले भने, ‘गलत सुई तथा औषधिको प्रयोगले आमाको ज्यान गयो । बिरामीको निको होला भनेर पो नजिकको मेडिकलमा ल्याएको हो । तर गलत औषधि दिएर ज्यानै लिने काम भयो,’ किशोरले भने ।

उनले आमाको ज्यान जाने गरेर उपचारमा लापरवाही गर्ने मेडिकल संचालक बोहोरालाई कानुनी कारबाहीका साथै उचित क्षतिपूर्तिको माग समेत गरेका छन् ।

पाँच बर्ष अघि पतिको मृत्यु भई एकल जीवन बिताइरहेकी योगीका २ छोरा र एक छोरी छन् ।

मृतकको शव पोष्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याउँदै गरेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । घटनाबारे अनुसन्धान थालिएको उनले बताए । सुर्खेतस्थित जयलक्ष्मी मेडिको फर्मको नामबाट बोहराले थलहबजार मेडिकल संचालन गर्दै आएका थिए ।

मेडिकल संचालनका लागि फार्मेसी पढेर औषधि व्यवस्थापन विभागबाट प्रमाणपत्र लिनुपर्ने प्रावधान छ, तर उनले अर्काको फर्मबाट २१ वर्ष अघिदेखी अवैध रुपमा मेडिकल संचालन गर्दै आएका थिए ।

मेडिकल संचालक बोहरालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विष्टको भनाई छ । गत वर्ष स्थानीय प्रशासनले अनुगमन गर्दा बोहोराले अवैध रुपमा मेडिकल सञ्चालन गरेको पाइएको थियो । बोहोराले प्रशासनसँग मेडिकल नचलाउने र बन्द गर्ने लिखित कागज समेत गरेका थिए । जाजरकोटका दुर्गम गाउँहरुमा बोहोराका जस्तै अवैध मेडिकलको बिगबिगी रहेको छ । कान्तिपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...