News Portal

जाजरकोटमा अवैध मेडिकलमा उपचारको क्रममा महिलाको मृत्यु

हिमाली संचार संवाददाता
८११ पटक

भीमबहादुर सिंह/जाजरकोट – छेडागाड नगरपालिका–५, थलहबजारस्थित मेडिकलमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ । थलह बजारको जयलक्ष्मी मेडिको फर्ममा छेडागाड–१०, नल्फुकी ३८ वर्षीया पन्चकलानाथ योगीको सामान्य ज्वरोको उपचारका क्रममा मृत्यु भएको हो ।

मेडिकल संचालक तिलक बोहराको लापरवाहीले ज्यान गएको आफन्तको आरोप छ ।

योगीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले मेडिकल संचालक बोहरालाई कारवाही तथा क्षतिपूर्तिको माग गर्दै प्रर्दशन गरेका छन् । घटनापछि प्रहरीले सल्यान घर भइ थलहबजारमा मेडिकल सञ्चालन गर्दै आएका बोहोरालाई शुक्रबार नै पक्राउ गरेको छ । उपचारमा लापरवाही गरेर आमाको ज्यान गएको छोरा किशोरले दाबी गरे ।

‘आमालाई ज्वरो आएको र सामान्य छाती दुख्ने समस्या भएपछि बिहीबार थलबजारको उक्त मेडिकल ल्याएका थियौं । मेडिकल संचालक बोहराले जाँच गरेपछि ३ वटा सुई लगाईदिए, औषधि खान दिए । अब घरमा लैजानुहोस्, ठिक भैहाल्छ भनेर भनेपछि घर लैजाने क्रममा बाटोमै आमाको मृत्यु भयो,’ उनले भने, ‘गलत सुई तथा औषधिको प्रयोगले आमाको ज्यान गयो । बिरामीको निको होला भनेर पो नजिकको मेडिकलमा ल्याएको हो । तर गलत औषधि दिएर ज्यानै लिने काम भयो,’ किशोरले भने ।

उनले आमाको ज्यान जाने गरेर उपचारमा लापरवाही गर्ने मेडिकल संचालक बोहोरालाई कानुनी कारबाहीका साथै उचित क्षतिपूर्तिको माग समेत गरेका छन् ।

पाँच बर्ष अघि पतिको मृत्यु भई एकल जीवन बिताइरहेकी योगीका २ छोरा र एक छोरी छन् ।

मृतकको शव पोष्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याउँदै गरेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । घटनाबारे अनुसन्धान थालिएको उनले बताए । सुर्खेतस्थित जयलक्ष्मी मेडिको फर्मको नामबाट बोहराले थलहबजार मेडिकल संचालन गर्दै आएका थिए ।

मेडिकल संचालनका लागि फार्मेसी पढेर औषधि व्यवस्थापन विभागबाट प्रमाणपत्र लिनुपर्ने प्रावधान छ, तर उनले अर्काको फर्मबाट २१ वर्ष अघिदेखी अवैध रुपमा मेडिकल संचालन गर्दै आएका थिए ।

मेडिकल संचालक बोहरालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विष्टको भनाई छ । गत वर्ष स्थानीय प्रशासनले अनुगमन गर्दा बोहोराले अवैध रुपमा मेडिकल सञ्चालन गरेको पाइएको थियो । बोहोराले प्रशासनसँग मेडिकल नचलाउने र बन्द गर्ने लिखित कागज समेत गरेका थिए । जाजरकोटका दुर्गम गाउँहरुमा बोहोराका जस्तै अवैध मेडिकलको बिगबिगी रहेको छ । कान्तिपुर

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...