News Portal

झापाको गौरादह माउन्ट एभरेस्ट माविमा शिक्षकले लगाए ताला

हिमालीसंचार संवाददाता
३२२ पटक

झापा – झापा जिल्लाको गौरादह स्थित माउन्ट एभरेस्ट माध्यमिक विधालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विधालयमा तालाबन्दी लगाएका छन् ।

जिल्ला प्याव्सन र इस्टुको जिल्ला कार्यसमिति बिच भएको सहमति अनुसार महिनाको तलब र चाडपर्व बापतको १ महिनाको खाइपाइ आएको तलब बराबरको रकम एकमुष्ट रूपमा शिक्षक कर्मचारीलाई बुझाउनुपर्ने सहमति भएको भएता पनि विद्यालयले आनाकानी गरेको कारण शिक्षक, कर्मचारीले तालाबन्दी गर्नुपरेको इस्टु नगर समितिका अध्यक्ष सञ्जीव कार्कीले बताएका छन् ।

गत असोज ७ गते विद्यालय प्रधानाध्यापक र शिक्षक तथा कर्मचारी बिच छलफल भएको र छलफल पश्चात् लगानीकर्ता सहितको संयुक्त बैठक बोलाइएको भएता पनि आज बुधवार संस्थापकहरू अनुपस्थित रहेकोले तालाबन्दी गर्न बाध्य पारिएको इस्टु गौरादह नगर सचिव सुभाष पाण्डेले बताए ।

विद्यालयका प्रधानाध्यापक प्याब्सनका केन्द्रीय उपाध्यक्ष हुन् भने इस्टु १ नं. प्रदेश अध्यक्ष यादवराज अधिकारी समेत सोही विद्यालयमा विगत २३ वर्ष देखि अध्यापन गराउँदै आएको भए पनि आज गरिएको तालाबन्दीलाई निकै महत्त्वका साथ हेरिएको छ ।

झापा जिल्लाका गौरादह क्षेत्रमै सबैभन्दा भन्दा ठुलो र भौगोलिक हिसाबले पनि निकै फराकिलो क्षेत्र समेटेको विद्यालय मानिन्छ । कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा ४० जना भन्दा बढी शिक्षक कर्मचारी रहेका छन् ।

विक्रम सम्बत २०३५ सालमा स्थापना गरिएको यस विद्यालयमा कार्यरत शिक्षकहरूलाई महिना मर्ने बित्तिकै तलब भुक्तानी गर्ने गरेको भएपनी गत वैशाखदेखि शिक्षक तथा कर्मचारीहरू सबै प्रकारको सुविधाबाट वञ्चित गरिएको पीडित शिक्षकले गुनासो गरेका छन् । गत मंगलबार बसेको इस्टु नगर समितिको बैठकबाट गौरादह क्षेत्रमा रहेका ३२ वटै निजी विद्यालयमा अनिश्चितकाका लागि विद्यालय बन्द गर्ने निर्णय गर्दै प्रेस विज्ञप्ति नै जारी गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...