News Portal

पाकिस्तानमा विस्फोट: ५ जनाको मृत्यु, २५ भन्दा बढी घाइते !

हिमालीसंचार संवाददाता
३९४ पटक

कराची – पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक भवनमा विस्फोट भएको छ। त्यहाँको प्रहरीका अनुसार घटनामा ५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। कराची विश्वविद्यालयको प्रवेशद्वार अगाडि रहेको मसकान चौरंगीको नजिक चारतले भवन बुधबार बिहान साढे ९ बजे विस्फोट भएको हो।

भवनको भुइँतलामा बैंक, रेस्टुरेन्ट तथा पसल थिए भने, माथिल्ला तलाहरूमा आवासीय फ्ल्याट थिए। घाइतेहरूलाई पटेल अस्पताल लगिएको छ। मृत्यु भएका मध्ये ३ वटा शव जिन्ना अस्पताल र दुई शव अब्बासी सहिद अस्पतालमा लगिएका छन्।

विस्फोट ग्यास चुहिएर भयो वा, अन्य कुनै कारण भयो भन्नेबारे प्रमाण प्राप्त भइनसनेको बम डिस्पोजल टोलीले जनाएको छ। घटनास्थलमा खाना पकाउने ग्यासका चुल्हा पग्लिएका टुक्रा फेला परेको बिबिसीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...