News Portal

ललितपुर महानगरले गर्यो उदाहरणीय कामको थालनी

हिमालीसंचार संवाददाता
३६१ पटक

ललितपुर – ललितपुर महानगरपालिकाले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न शव वाहनसहित सबै खर्च बेहोर्ने भएको छ। महानगरले होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न वडागतरुपमा पीपीई, शव झोला, पन्जा, सेनिटाइजर, मास्कलगायतका सामग्री व्यवस्थापन गर्ने भएको छ।

सरकारले मृत्यु भएका व्यक्तिको परिवार आफैले शव व्यस्थापन गर्ने कार्यविधि तयार गरेपछि ललितपुर महानगरपालिकाले वडागतरुपमा सामग्री तयार गरेको हो। ललितपुर महानगरपालिकाका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले एउटा वडामा ३ जनासम्मको मृत्यु भएमा उनीहरुको शव व्यवस्थापन गर्न मिल्ने गरी सामग्री तयार गरेको जानकारी दिनुभयो।

उहाँले चाडवाडमा मृत्यु भएका व्यक्तिको दाहसंस्कारमा समस्या नहोस् भन्दै शव व्यवस्थापन सामग्री तयार गरेको जानकारी दिनुभयो। महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाले मंगलबारबाटै शव व्यवस्थापन गर्न सबै वडालाई सामग्री उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो।

कोभिड सम्पर्क अधिकृत गुरुङले मंगलबार १३ वडामा मृत्यु भएका एक जनाको शव व्यवस्थापन गर्न सामग्री हस्तान्तरण गरिसकेको बताउनुभयो। महानगरले एक जनाको मृत्यु भएमा उनको शव बोक्ने दुई व्यक्तिका लागि पीपीईलगायत सामग्री तयार गरेको जानएको छ।

एउटा वडामा ३ जनासम्मको शव व्यवस्थापन गर्न ६ सेट सामग्री वडालाई दिनेछौं कोभिड सम्पर्क अधिकृत गुरुङले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...